कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न « Khabarhub

कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुमारी बैंकले विराटनगर महानगरपालिका, मोरङ्गको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

अमेरिकी विकास सहयोग नियोग (यूएसएड) सँगको साझेदारीमा बैंकले ‘देशैभरि वर्षैभरि’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमित रूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको छ ।

प्रशिक्षण कार्यक्रमबाट उद्यमीमा वित्तीय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रूपमा उद्यमशीलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिइएको बैंकले जनाएको छ ।

बैंकले यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिनेगरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनय सहितका सन्देशमूलक भिडियोहरू, सचेतनामूलक सन्देशहरू विकास गरी नियमित रूपमा प्रकाशन तथा प्रशारणसमेत गरिरहेको छ ।

उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्द्धन तथा विकासमा टेवा पुर्‍याउँदै आर्थिक रूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने बैंकको विश्वास छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  २ : ४४ बजे

सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा

कर्णाली– कर्णाली प्रदेशको नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाही मुगु जिल्ला सोरु

सुकुम्वासीको पुकारा- अस्वस्थ शरीर र त्रसित मन लिएर कसरी बाँचौँ ? 

सरकारले खोला किनारमा रहेका सुकुम्वासी बस्तीमा डोजर लगाएपछि सयौँ परिवार

युवा आन्दोलनले मोदी सरकारलाई दबाब

एजेन्सी– परीक्षा अनियमितता र रोजगारीका अवसरप्रतिको असन्तुष्टिलाई लिएर भारतभर फैलिएको

आईसीसी टी- २० वरीयतामा वैभवको छलाङ : शुभमन फेरि एक दिवसीयको पहिलो नम्बरमा

काठमाडौं- आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा भारतका युवा ब्याटर वैभव

ट्रम्प-नेतन्याहु भेटिरहेकै बेला जब इरानले अमेरिकी सेनामाथि हान्यो ब्यालिस्टिक मिसाइल

तेहरान- इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै ब्यालिस्टिक