भारतमा गत वर्ष सडक दुर्घटनाबाट एक लाख ८० हजार जनाको मृत्यु | Khabarhub Khabarhub

भारतमा गत वर्ष सडक दुर्घटनाबाट एक लाख ८० हजार जनाको मृत्यु


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख ८० हजार जनाको मृत्यु भएको छ ।

भारतका सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख ८० हजार जनाको मृत्यु भएको जानकारी बुधबार दिएका हुन्  ।

उनका अनुसार सवारी दुर्घटनामा परी मृत्यु हुनेमध्ये ६६ प्रतिशत १८ देखि ३४ वर्ष उमेर समूहका रहेका छन् । मृत्यु हुनेमा करिब १० हजार विद्यालयमा अध्ययनरत छात्रछात्रा रहेको उल्लेख गर्दै उनले विद्यालय तथा अन्य शैक्षिक संस्थाअगाडि यातायातको उचित व्यवस्था नहुँदा मृत्यु भएको बताए । 

गडकरीले मानव जीवन बचाउनका लागि सडक दुर्घटनाका पीडितहरूको नगदरहित उपचारको नयाँ योजना सुरु गरिएको पनि उनले बताए । उनले भने, ‘सडक दुर्घटनामा परी घाइते भएकाहरूको नगदरहित उपचारको लागि हामीले नयाँ योजना सुरु गरेका छौं ।’

दुर्घटना लगत्तै २४ घण्टाभित्र प्रहरीमा सूचना जाँदा भर्ना भएका बिरामीको सात दिनको उपचार खर्च वा उपचारको लागि अधिकतम एक लाख ५० हजार भारतीय रुपैयाँ (एक हजार ७४७ अमेरिकी डलर) सम्म उपलब्ध गराउने व्यवस्था गरिएको छ । 

सडक दुर्घटनाका घटनामा मृत्यु भएका व्यक्तिका लागि दुई लाख भारतीय रुपैयाँ (दुई हजार ३०० अमेरिकी डलर) पनि उपलब्ध गराउने व्यवस्था गरिएको छ । 

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ३ : २९ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित