‘जनतासँग जसपा नेपाल’ लिएर गृहजिल्ला सप्तरीमा उपेन्द्र यादव « Khabarhub

‘जनतासँग जसपा नेपाल’ लिएर गृहजिल्ला सप्तरीमा उपेन्द्र यादव


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तीन दिने कार्यक्रमका लागि सप्तरी पुगेका छन् ।

बुधबारदेखि तीन दिनसम्म सप्तरीका चारवटै निर्वाचन क्षेत्रको तीन स्थानमा आयोजित अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादव प्रमुख प्रशिक्षक एवं वक्ताका रुपमा पुगेका हुन् ।

पहिलो दिन सप्तरीको क्षेत्र नं १, कञ्चनरुप नगरपालिका वडा नं. ८ स्थित मिथिला पार्टी प्यालेस बेरियरमा पार्टी प्रशिक्षणसहित अभिमुखिकरण कार्यक्रमको उद्घाटन भएको छ ।

जसमा जिल्लाका केन्द्रीय नेतृत्वसहित क्षेत्रिय, पालिका र वडा स्तरका नेता कार्यकर्ताको उत्साहजनक सहभागिता छ ।

दोस्रो दिन पुस २५ गते सप्तरी क्षेत्र नं. २ र ३ को संयुक्त अभिमुखिकरण कार्यक्रम विष्णुपुर गाउँपालिका-१ स्थित प्रसाहीमा आयोजना गरिएको छ ।

त्यसलगत्तै पौष २६ गते क्षेत्र नं ४ को लागि खड्क नगरपालिकाको विष्णुपुर बजारमा प्रशिक्षण कार्यक्रम राखिएको छ ।

पछिल्लो पाँच महिनायता काठमाडौंदेखि हरेक पालिका र वडास्तरसम्मै संगठन विस्तारका लागि जसपा नेता-कार्यकर्ता ‘जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान’मा छन् ।

पछिल्लो समय म्याद थप गरी आगामी माघ मसान्तसम्म सञ्चालित अभियानको क्रममा लुम्बिनी प्रदेशमा पाँच दिवसीय कार्यक्रम गरेलगत्तै अध्यक्ष यादव सप्तरी पुगेका हुन् ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ४ : १० बजे

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई