सहकारी ठगी मुद्दामा ऋषिकेशपत्नी अञ्‍जलासँग १० लाख धरौटी माग « Khabarhub

सहकारी ठगी मुद्दामा ऋषिकेशपत्नी अञ्‍जलासँग १० लाख धरौटी माग


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालामाथि सहकारी ठगी मुद्दामा १० लाख रुपैयाँ धरौटी भएको छ । जिल्ला अदालत मोरङले पुर्पक्षका लागि अञ्‍जलासँग १० लाख रुपैयाँ धरौटी लिन आदेश दिएको हो ।

जिल्ला अदालत माेरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार;  न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले काेइरालालाई पुर्पक्षका लागि १० लाख रुपैयाँ धरौटी लिने आदेश दिएको हो । अदालतले अञ्‍जलालाई थुनामा राख्ने कारण नदेखिएको जनाउँदै धरौटीमा रिहा गर्ने आदेश दिएको बुढाथोकीले जानकारी दिए ।

पोखरेलपत्नी अञ्जला कोइरालामाथि सहकारी ठगी मुद्दामा थुनछेक बहस डेढ घण्टा बढी चलेको थियो।  अञ्जला बुधबार बिहान आफैँ हाजिर हुन अदालत पुगेकी थिइन् ।

मोरङ धनपालथान गाउँपालिका–४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएकी कोइरालाको बयानपछि सरकारी वकिल र अञ्जला पक्षका कानुन व्यवसायीले बहस गरेका थिए ।

मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धवकुमार भट्टराईको इजलासमा अभियोग पत्रमा उल्लेख भएका केही विषयलाई सरकारी वकिललाई न्यायाधीशले प्रस्ट्याउन भनेका थिए ।

सरकारी पक्षले २०७२/०७३ देखि अञ्जला सञ्चालक समितिमा रहेकोले उनीसहित सबै अभियुक्तको दायित्व हुने जवाफ दिएका थिए । पछिल्ला दिनमा सहकारीहरू धराशायी भएको पनि सरकारी वकिलको तर्फबाट स्पष्ट पार्ने प्रयास भएको थियो ।

२२ करोड २८ लाख २७ हजार ७०० रुपैयाँ रकम खाने पचाउने गरी अपचलन भएको दाबी अभियोगपत्रमा गरिएको छ। भगीरथ खनाल एन्ड एसोसिएट्सको लेखापरीक्षण प्रतिवेदनमा कुनै पनि ठाउँमा अञ्जलाले रकम अपचलन गरेको भन्ने नदेखिएको, २० जनाको जाहेरीमा कहीँ कतै पनि अञ्जलाको विरुद्धमा किटानी नभएको तथा १९ जनाले गरेको कागजमा समेत नदेखिएकोले सहकारीको रकम हिनामिना  तथा अपचलनमा अञ्जलाको कुनै संलग्नता नरहेको दाबी उनका कानुन व्यवसायीले गरेका थिए।

अञ्जलाको तर्फबाट नौ जना वरिष्ठ अधिवक्तासहित ११ जनाले बहस गरेका छन् । उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भु रौनियार, अञ्जला, रङ्गेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध मुद्दा दायर भएको छ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ५ : ३७ बजे

पोर्चुगलको टोली घोषणा : छैटौं पटक विश्वकपको मैदानमा उत्रिँदै ४१ वर्षीय रोनाल्डो

लिस्बन- प्रशिक्षक रोबर्टो मार्टिनेजले आगामी महिना हुन लागेको विश्वकप फुटबलका

महोत्तरी कारागारका दुई सय ५० कैदीबन्दी अझै फरार

जलेश्वर–  ‘जेन-जी’ आन्दोलनको मौका छोपी २०८२ साल भदौ २४ गते

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिक : नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौं– नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री रूपान्तरणलाई

विभिन्न एघार स्थानमा आगलागी, विपद्जन्य घटनामा एकै दिन ७७ लाखको आर्थिक क्षति

काठमाडौं– पछिल्लो २४ घण्टामा विभिन्न ११ स्थानमा आगलागी हुँदा एक

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

महेन्द्रनगर– खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको