सिरियाली भूभागबाट फिर्ता हुन इजरायली सेनालाई इरानी राष्ट्रपतिको आग्रह | Khabarhub Khabarhub

सिरियाली भूभागबाट फिर्ता हुन इजरायली सेनालाई इरानी राष्ट्रपतिको आग्रह


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानका राष्ट्रपति मसुद पेजेस्कियनले बुधबार तेहरानको लामो समयदेखिका सहयोगी बशर अल–असदको पतनपछि सिरियाली भूभागबाट इजरायलको फिर्तीको आह्वान गरेका छन् ।

इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीको तेहरान भ्रमणका क्रममा उनको यस्तो टिप्पणी आएको हो । भ्रमणका क्रममा व्यापार, सहयोग र सिरियाको हालैको घटनाक्रमबारे छलफल भएको थियो ।

“यहुदी शासनले कब्जा गरेको क्षेत्रहरूबाट फिर्ता लिनुपर्ने आवश्यकता र विशेष गरी शिया पवित्र स्थानहरू र तीर्थस्थलहरूको सम्बन्धमा धार्मिक भावनाहरूको सम्मान गर्ने महत्त्व चिन्ताको विषय थियो”, पेजेस्कियनले सुदानीसँगको ब्रिफिङमा भने ।

इरानी राष्ट्रपतिले सिरियामा ‘आतङ्कवादी सेलहरू पुनः सक्रिय हुने’ चेतावनी पनि दिए । सुन्नी इस्लामवादी समूह हयात ताहरिर अल–शाम (एचटिएस)को नेतृत्वमा विद्रोही सेनाको तीव्र आक्रमणपछि राजधानी दमास्कस कब्जा गरेपछि असद सिरियाबाट भागेका थिए ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ८ : ३० बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना