आज २०८१ साल माघ २६ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल माघ २६ गते शनिबारको राशिफल


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल माघ २६ गते शनिबार माघ शुक्ल पक्षको एकादशी तिथि। भीमा एकादशी व्रत। तदनुसार सन् २०२५ फेब्रुअरी ८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। उदय वृहस्पति धनस्थानमा बसेकाले व्यापारमा फाइदा हुनेछ। साथीको साथ मिल्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

वृष : बोलीको प्रभावले राम्रो काम बन्नेछ। धार्मिक क्षेत्रमा झुकाब रहनेछ। धार्मिक क्षेत्रका अभियान्तासँगको भेटले मन हलुका हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। आफ्नै राशिमा चन्द्रमा पुगेका छन्। खानपानमा ख्याल नगरे स्वास्थ्यमा समस्या हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा नाफा हुने योग छ।

कर्कट : दिन राम्रो छ। दाम्पत्य जीवन सुखमय बित्नेछ। विपक्षी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : सोचेका काम बन्नेछन्। लगानीका क्षेत्र सबल रहेका छन्। राज्यको तर्फबाट सेवाका अवसर प्राप्त हुनेछन्। परिवारको सल्लाह लिएर अगाडि बढेमा दैनिकी सहज बन्नेछ।

कन्या : लगानीबाट फाइदा हुने दिन छ। न्यायपूर्वक गरेको श्रमको मूल्य प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा समय बिताउनु उचित हुनेछ। परिवारलाई ठुलो विश्वास गर्दा खटपटी बढ्नेछ।

तुला :तपाईंको कला र गलाको आज प्रशंसा हुनेछ। सानो विषयलाई छोडेर महत्त्वपूर्ण काम गर्नु उचित हुनेछ। खानपानमा ध्यान नदिँदा रोग बढ्ने जोखिम छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

वृश्चिक : उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा झन्झट बढ्नेछ। दान गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

धनु : फलफूल र कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। लगानीका क्षेत्र सबल रहेका छन्। स्वास्थ्यले साथ दिनाले खुशी मिल्नेछ। विपक्षीसँग सचेत भएर अगाडि बढ्नु उचित हुनेछ। परिवारसँग्को सम्बन्ध भने सुमधुर बन्नेछ।

मकर : सञ्चित धन अनुत्पादक क्षेत्रमा खर्च हुनेछ। स्वास्थ्यमा सुधार हुने दिन छ। साथीभाइको साथले खुशी मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। परिवारमा विवाद नगर्नु राम्रो हुनेछ।

कुम्भ : सानो कुराले अल्झाउने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। टाउको दुख्ने समस्याले सताउने जोखिम छ। धनका पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षाको क्षेत्रलाई समय दिन सकेमा दिन शान्त बन्नेछ।

मीन : दिन सामान्य छ। सानो विषयले मन अशान्त बन्नसक्छ। आफूलाई कमजोर नसोच्नु राम्रो हुनेछ। खानपानामा ख्याल नगर्दा रोग बढ्नेछ। परिवारसँगको सल्लाहमा अगाडि बढ्नु उचित हुन्छ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ५ : ०९ बजे

‘जिन्दगीमा हार जित भइरहन्छ’ भन्दै एमाले महासचिवले रास्वपा सिंगो टिमलाई दिए बधाई

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आम निर्वाचनमा जितको

महेश बस्नेत पराजित भएको भक्तपुर-२ मा शोभा पाठकलाई १९ मत

काठमाडौं – भक्तपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा

समानुपातिकमा पनि रास्वपाकै वर्चस्व, कांग्रेस दोस्रो, राप्रपासँग एमालेको प्रतिस्पर्धा

काठमाडौं – प्रतिनिधि सभाको समानुपातिक निर्वाचनतर्फ हालसम्म ४६,०२० मत गणना

नेमकिपाको किल्ला भक्तपुर–१ मा रास्वपा विजयी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय

चितवनमा रवि : तीन वर्षमा तेस्रो जित, निरन्तर आफ्नै रेकर्ड ब्रेक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले तीन