उपप्रधानमन्त्री सिंहबाट आगलागी भएको खानेपानी मन्त्रालयको निरीक्षण « Khabarhub

उपप्रधानमन्त्री सिंहबाट आगलागी भएको खानेपानी मन्त्रालयको निरीक्षण


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आगलागी भएको खानेपानी मन्त्रालयको निरीक्षण गरेका छन् । मन्त्रालयमा आगजनी भएको खबर पाएपछि उनी सिंहदरबार पुगेका हुन् ।

उपप्रधानमन्त्री सिंहले आगजनी भएको खानेपानी मन्त्रालयको निरीक्षण गरेको उनको सचिवालयले जनाएको छ ।

सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आज बिहान आगलागी भएको हो ।

खानेपानी मन्त्री प्रदीप यादवको सचिवालयले विद्युत सर्ट हुँदा आगलागी भएको आशङ्का गरेको छ ।

‘विद्युत सर्ट भएर आगो लागेको भन्ने छ,’ उनका प्रेस संयोजक विमल बिष्टले भने । उनले आगलागीबाट कार्पेट र कम्प्युटर जलेपनि मन्त्रालयका अत्यावश्यक कागजातमा केही क्षति नभएको जानकारी दिए ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  १२ : ३७ बजे

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

भन्सार एजेन्टको आन्दोलनले ‘जाँचपास’ रोकियो

पर्सा– भन्सार ‘एजेन्ट’को आन्दोलनले भन्सार जाँचपास प्रभावित भएको छ ।

मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती

एमाले महाधिवेशन अगाडि घरदैलो अभियान

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि

शिलान्यास भएको चार वर्षपछि ‘कभर्ड हल’ निर्माण सुरु

कैलाली– कैलालीको टीकापुर नगरपालिकामा शिलान्यास भएको चार वर्षपछि ‘इन्डोर गेम्स’