आगजनीबाट खानेपानीमन्त्रीको कार्यकक्षमा क्षति, सहरी विकासबाट मर्मत–सम्भार सुरु « Khabarhub

आगजनीबाट खानेपानीमन्त्रीको कार्यकक्षमा क्षति, सहरी विकासबाट मर्मत–सम्भार सुरु


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय सरकारमातहतको खानेपानी मन्त्रालयमा भएको आगजनीबाट खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा क्षति पुगेको छ । शनिबार बिहान साढे ८ बजेतिर भएको आगजनीबाट मन्त्री यादवको कार्यकक्षमा मुख्य क्षति पुगेको हो । 

आगलागीबाट मन्त्रीको कार्यकक्षको छानाको भाग र विद्युतीय सञ्जालमा पनि क्षति पुगेको बताइएको छ । सहरी विकास मन्त्रालयले जारी गरेको विज्ञप्तिमा खानेपानी मन्त्री यादवको कार्यकक्षमा मुख्य क्षति पुग्नुका साथै छानाको भाग र विद्युतीय सञ्जाललगायतमा क्षति पुग्न गएको प्रारम्भिक जानकारी प्राप्त भएको उल्लेख छ । 

आगलागीको जानकारी पाएपछि उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्थलगत अवलोकन गरेका थिए । मन्त्री सिंहले अवलोकन गरेलगत्तै सहरी विकास मन्त्रालयले आगजनीबाट क्षतिग्रस्त खानेपानी मन्त्रालयको मर्मत सम्भारको काम सुरु गरेको विज्ञप्तिमा उल्लेख छ । 

सहरी विकास मन्त्रालयका निमित्त सचिव पद्मकुमार मैनालीले क्षति मूल्यांकनसहित सिंहदरबार परिसरमा घटना दोहोरिन नदिन र पूर्वतयारीका लागि सिफारिससहित एक हप्तामा प्रतिवेदन पेस गर्न समिति गठन गरिएको पनि जानकारी दिए ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  १ : १२ बजे

बागलुङमा धान उत्पादन बढ्यो

बागलुङ– यस वर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा

यस्तो रहने छ आजको मौसम

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव अधिकारको पूर्ण कार्यान्वयन गर्नु अपरिहार्य आवश्यकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

सार्कको ४०औँ वार्षिकोत्सव मनाइयो 

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को बडापत्रमा हस्ताक्षर गरेको

च्याम्पियन्स लिग : एटलान्टासँग चेल्सी पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित