आगजनीबाट खानेपानीमन्त्रीको कार्यकक्षमा क्षति, सहरी विकासबाट मर्मत–सम्भार सुरु « Khabarhub

आगजनीबाट खानेपानीमन्त्रीको कार्यकक्षमा क्षति, सहरी विकासबाट मर्मत–सम्भार सुरु


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय सरकारमातहतको खानेपानी मन्त्रालयमा भएको आगजनीबाट खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा क्षति पुगेको छ । शनिबार बिहान साढे ८ बजेतिर भएको आगजनीबाट मन्त्री यादवको कार्यकक्षमा मुख्य क्षति पुगेको हो । 

आगलागीबाट मन्त्रीको कार्यकक्षको छानाको भाग र विद्युतीय सञ्जालमा पनि क्षति पुगेको बताइएको छ । सहरी विकास मन्त्रालयले जारी गरेको विज्ञप्तिमा खानेपानी मन्त्री यादवको कार्यकक्षमा मुख्य क्षति पुग्नुका साथै छानाको भाग र विद्युतीय सञ्जाललगायतमा क्षति पुग्न गएको प्रारम्भिक जानकारी प्राप्त भएको उल्लेख छ । 

आगलागीको जानकारी पाएपछि उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्थलगत अवलोकन गरेका थिए । मन्त्री सिंहले अवलोकन गरेलगत्तै सहरी विकास मन्त्रालयले आगजनीबाट क्षतिग्रस्त खानेपानी मन्त्रालयको मर्मत सम्भारको काम सुरु गरेको विज्ञप्तिमा उल्लेख छ । 

सहरी विकास मन्त्रालयका निमित्त सचिव पद्मकुमार मैनालीले क्षति मूल्यांकनसहित सिंहदरबार परिसरमा घटना दोहोरिन नदिन र पूर्वतयारीका लागि सिफारिससहित एक हप्तामा प्रतिवेदन पेस गर्न समिति गठन गरिएको पनि जानकारी दिए ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  १ : १२ बजे

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला– जुम्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई

चर्चित कृतिमा सिनेमा : महाकविको ‘मुनामदन’देखि बीपीको ‘तीनघुम्ती’ ठूलो पर्दामा

काठमाडौँ – नेपाली सिने जगतमा अधिकतर फिल्म काल्पनिक कथामै बन्ने

कैलालीका एक युवाबाट श्रीमतीको गोली हानी हत्या

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको

इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास