दिल्लीका पूर्वउपमुख्यमन्त्री सिसोदिया पनि पराजित « Khabarhub

दिल्लीका पूर्वउपमुख्यमन्त्री सिसोदिया पनि पराजित


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको दिल्ली विधानसभा निर्वाचनमा पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि पराजित भएका छन् । आम आदमी पार्टीका नेता सिसोदिया दिल्लीको जंगपुरा विधानसभा सीटबाट पराजित भएका हुन् ।  

सिसोदियालाई भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवार तरबिन्दर सिंहले हराएका हुन् । सिसोदियाले यसपल्ट निर्वाचन क्षेत्र परिवर्तन गरेर जंगपुराबाट चुनाव लडेका थिए । उक्त सीटमा कांग्रेस (आई)का उम्मेदवार फरहाद सुरी तेस्रो भएका छन् । 

सिसोदियाले आफू छ सय मतले पराजित भएको प्रतिक्रिया दिएका छन् । उनले बीबीसी हिन्दीको अनलाइन संस्करणसँग भनेका छन्, ‘जंगपुरा सीटमा हामीले मिहिनेतका साथ चुनाव लड्यौँ । झण्डै छ सय मतले हारे । जसले जिते उनलाई बधाई ।’

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  १ : ४२ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२