माधवको टिप्पणी- ओलीले पदका लागि नयाँ गठबन्धन गरे « Khabarhub

माधवको टिप्पणी- ओलीले पदका लागि नयाँ गठबन्धन गरे


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकारले जनतामा कुनै उत्साह जगाउन नसकेको बताएका छन् ।

शनिबार काठमाडौंमा पार्टीको प्रथम उपत्यका प्रदेश अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बने पनि पछिल्लो साढे ६ महिनामा जनतामा कुनै उत्साह जगाउन नसकेको बताएका हुन् ।

उनले सुशासन, भ्रष्टाचार नियन्त्रण लगायतमा सरकारको ध्यान जान नसकेको उल्लेख गरे । अध्यक्ष नेपालले यसअघिको सरकार बदल्नुपर्ने कुनै औचित्य र कारण नरहेको भन्दै ओलीले पदका लागि नयाँ गठबन्धन गरेको धारणा राखे ।

उनले नयाँ सरकार बनाउनका लागि संविधान संशोधनको बहाना बनाइएको टिप्पणी गरे । २०८७ सालमा मात्रै संविधान संशोधन गर्ने भनाइमा प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।

अध्यक्ष नेपालले मुलुक सञ्चालक गर्ने कुरामा प्रधानमन्त्री ओली गम्भीर नदेखिएको बताए । उनले पार्टीभित्र नकारात्मक टिप्पणी गर्ने प्रवृत्ति बढेको भन्दै नकारात्मक टिप्पणी गर्नेहरूले नै पार्टीलाई सिद्धाउने खतरा रहेको जिकिर गरे ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  १ : ५३ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको