माधवको टिप्पणी- ओलीले पदका लागि नयाँ गठबन्धन गरे « Khabarhub

माधवको टिप्पणी- ओलीले पदका लागि नयाँ गठबन्धन गरे


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकारले जनतामा कुनै उत्साह जगाउन नसकेको बताएका छन् ।

शनिबार काठमाडौंमा पार्टीको प्रथम उपत्यका प्रदेश अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बने पनि पछिल्लो साढे ६ महिनामा जनतामा कुनै उत्साह जगाउन नसकेको बताएका हुन् ।

उनले सुशासन, भ्रष्टाचार नियन्त्रण लगायतमा सरकारको ध्यान जान नसकेको उल्लेख गरे । अध्यक्ष नेपालले यसअघिको सरकार बदल्नुपर्ने कुनै औचित्य र कारण नरहेको भन्दै ओलीले पदका लागि नयाँ गठबन्धन गरेको धारणा राखे ।

उनले नयाँ सरकार बनाउनका लागि संविधान संशोधनको बहाना बनाइएको टिप्पणी गरे । २०८७ सालमा मात्रै संविधान संशोधन गर्ने भनाइमा प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।

अध्यक्ष नेपालले मुलुक सञ्चालक गर्ने कुरामा प्रधानमन्त्री ओली गम्भीर नदेखिएको बताए । उनले पार्टीभित्र नकारात्मक टिप्पणी गर्ने प्रवृत्ति बढेको भन्दै नकारात्मक टिप्पणी गर्नेहरूले नै पार्टीलाई सिद्धाउने खतरा रहेको जिकिर गरे ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  १ : ५३ बजे

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ