सशस्त्र र नेपाल प्रहरीलाई समयानुकूल बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री | Khabarhub Khabarhub

सशस्त्र र नेपाल प्रहरीलाई समयानुकूल बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई समयानुकूल बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । 

शनिबार आयोजित एक कार्यक्रममा उनले स्रोत र साधनको अधिकतम उपयोग गरी दुवै सुरक्षा निकायलाई प्रतिस्पर्धी बनाउन सरकार क्रियाशील रहेको बताए। 

दुवै निकायका निम्ति आवश्यक कानुन तयार गर्न गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी ऐन संशोधनका लागि विधेयक संसद्मा दर्ता गराएको उनले बताए। 

‘नागरिकतासम्बन्धी विधेयक संसद्मा दर्ता भएको छ । अब चाँडै अध्यागमनसम्बन्धी ऐन संशोधनको प्रस्ताव पनि संसद्मा लैजाने तयारी छ । निर्वाचनसम्बन्धी ऐन अगाडि बढाएका छौँ । जग्गा प्राप्तिसम्बन्धी कानुन संशोधनको काम अगाडि बढेको छ’, उनले भने, ‘यस्तै सङ्घसंस्थासम्बन्धी नयाँ कानुन बनाउने काम अगाडि बढेको छ । तीन वटा कानुन संशोधनका लागि संसद् पुगेका छन् । बाँकी विधेयक यसै चालु अधिवेशनमा पुर्‍याउँछौँ ।’

नेपाल प्रहरी ऐनसम्बन्धी विधेयकमा सेवा प्रवेश र सेवा निवृत्तको कुरा सुनिश्चित गरेको गृहमन्त्रीले बताए। साथै उनले प्रहरीबाट आवश्यक सुझाव आए प्रहरीसम्बन्धी विधेयकलाई संशोधन गरेर जाने स्थान पनि रहेको बताए। 

विधेयकका  कमीकमजोरी संसद्मा सच्याउन सकिने भन्दै उनले चित्त नबुझेका विषयमा सकारात्मक दृष्टिकोणबाट बहस हुनुपर्नेमा जोड दिए। 

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  २ : १३ बजे

हर्क साम्पाङको पालिकामा लथालिङ्ग सभागृह

सुनसरी – २०२३–२४ सालताका धरान नगरपालिकामा प्रधानपञ्च थिए, गोविन्द मोक्तान

ब्राजिलका फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगे

काठमाडौं– फिफा विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन्

शिक्षामन्त्री बन्ने भनेर मिथ्या प्रचार भयो : सांसद अन्जान शाक्य

काठमाडौं– राष्ट्रियसभा सदस्य डाक्टर अन्जान शाक्यले केही सञ्चार माध्यममा आएका

फरेस्ट तेस्रो स्थानमा : बलियो बन्यो अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना

काठमाडौं – नटिङघम फरेस्टले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई

पूर्वपश्चिम लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र

झापा– झापाको कनकाई नगरपालिका– ४ र ५ हुँदै झापा गाउँपालिका