मधेश राज्यको राजनीतिक खेलको सिकार मात्रै भयो : सांसद परियार | Khabarhub Khabarhub

मधेश राज्यको राजनीतिक खेलको सिकार मात्रै भयो : सांसद परियार


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधाममा जारी छैटौं जनकपुर साहित्य महोत्सवमा ‘राज्यको दृष्टिमा मधेश’ शीर्षकमा भएको छलफलमा प्रतिनिधिसभा सदस्य सन्तोष परियारले आफ्नो धारणा राख्दै मधेशको पहिचान, अधिकार र विकासको सवालमा गहिरो विचार राखेका छन् । कार्यक्रममा मधेशको मुद्दालाई केन्द्रीत गर्दै राज्यको नीतिगत पक्ष, राजनीतिक विभाजन, मधेशी समुदायको वास्तविकता र विकासका प्रयासहरूमा विशेष छलफल भएको थियो।

सांसद परियारले भने, ‘मधेशी समुदायको समस्या र संघर्ष नयाँ होइन । इतिहासका विभिन्न कालखण्डमा मधेशलाई राज्यले उपेक्षित गरेको छ । चाहे भूमि अधिकारको कुरा होस्, चाहे सामाजिक न्यायको, मधेश सदैव राज्यको राजनीतिक खेलको सिकार भएको छ ।’

उनले राज्यले मधेशलाई हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन नआएकोमा गम्भीर चिन्ता व्यक्त गरे । 

‘राज्यले मधेशलाई विकासको अंगको रूपमा नभई मात्र राजनीतिक लाभका लागि मात्रै प्रयोग गर्ने क्षेत्रको रूपमा देखेको छ,’ परियारले थपे, ‘यो अवस्थामा परिवर्तन ल्याउनका लागि मधेशी नेताहरूको उत्तरदायित्व पनि उत्तिकै महत्त्वपूर्ण छ ।’

मधेशको विकासको सवालमा सांसद परियारले विभिन्न सरकारी योजनाहरूको आलोचना गरे । 

‘विकासका लागि योजना बनाइन्छ । तर, ती योजनाहरू काठमाण्डौमा मात्र बसेर बनाइन्छन् । मधेशमा पुग्ने योजनाहरू कागजमा मात्र सिमित रहन्छन्,’ उनले भने, ‘मधेशी जनताको वास्तविक आवश्यकता के हो, त्यो थाहा पाउन सरकारका उच्च अधिकारीहरूले मधेशमा आएर प्रत्यक्ष बुझ्नुपर्ने हुन्छ ।’

सांसद परियारले मधेशको भूमि अधिकारको सवाललाई विशेष रूपमा उठाए । उनले भने, ‘मधेशमा धेरैजसो किसानहरू सुकुम्बासी अवस्थामा छन् । राज्यले उनीहरूको समस्या समाधान गर्न गम्भीर देखिएको छैन । उनीहरूको हक अधिकारका लागि ठोस नीतिहरू ल्याउन आवश्यक छ । अन्यथा मधेशको भूमि विवादले झन् गम्भीर रूप लिनेछ ।’

सामाजिक न्यायको सवालमा पनि उनले गहिरो विचार व्यक्त गरे । ‘मधेशी समुदायले सामाजिक न्यायको कुरा गर्दा राज्यले त्यसलाई विभिन्न बहानामा बेवास्ता गर्दै आएको छ । जातीय विभाजन, सामाजिक असमानता र लैङ्गिक विभेद मधेशको प्रमुख चुनौतीहरू हुन् । तर, यी चुनौतीहरू समाधान गर्न सरकारको चासो नै छैन,’ उनले भने ।

त्यस्तै, सत्रको क्रममा उनले मधेशी नेताहरूलाई समेत आक्षेप लगाए । ‘मधेशका नेताहरू पनि आफ्नो व्यक्तिगत स्वार्थमा फसेका छन् । मधेशी जनताको मुद्दालाई प्राथमिकतामा राख्नुभन्दा तिनीहरू आ–आफ्नो पद र शक्तिको खेलमा व्यस्त देखिन्छन्,’ परियारले स्पष्ट रूपमा भने, ‘यदि हामीले मधेशको भविष्य सुधार्न चाहन्छौं भने मधेशी नेताहरूले पहिलो कदम आफैँबाट सुरु गर्नुपर्छ । जनताको आवाज सुन्ने, उनीहरूको समस्यामा साथ दिने र राज्यसँग समुचित रूपमा प्रस्तुत गर्ने दायित्व नेताहरूको हो ।’

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ३ : २५ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

संयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्र बालकोष (यूनिसेफ)का अनुसार, गाजा सिटी

‘कमेडी दरबार’ युट्युबमा अपलोड नभएपछि निमार्ण टिमले माग्यो माफी

काठमाडौं – सरकारले युट्युबसहित सूचीकरण नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि

एमाले विधान महाधिवेशन : विभिन्न प्रतिवदेन प्रस्तुत गर्दै पहिलो दिन सम्पन्न

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनको पहिलो

मनास्लु आरोहण गर्न दुई सय २४ जनाले लिए अनुमति

गोरखा – यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा

फेसबुक बन्द भएपछि बालेनको कटाक्ष : अब अरुले काम गरेको मात्र देख्ने भए

काठमाडौं– सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको केही घण्टामै