वालिङ–हुवास सडक : ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र  « Khabarhub

वालिङ–हुवास सडक : ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र 


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पर्वत– ट्रयाक खुलेको ३२ वर्षपछि जिल्लाको दक्षिणी भेगलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडक कालोपत्र हुने भएको छ । 

विसं २०४९ मा ट्रयाक खोलिएको भए पनि हालसम्म उक्त सडक कच्ची छ । उक्त सडकखण्डअन्तर्गत भुम्रे–अर्चलबोट–तमादी–डुम्रेभञ्ज्याङसम्मको कालोपत्र बजेट अभावले रोकिएकोमा पुनः बजेट विनियोजन भएपछि काम थालिएको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । 

सङ्घीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बहुवर्षीय आयोजनाअन्तर्गत चालु आर्थिक वर्षका लागि रु चार करोड विनियोजन भएपछि सडक निर्माण अघि बढाइएको हो । मन्त्रालयबाट बजेट स्वीकृत भएसँगै शुक्रबार सडक डिभिजन कार्यालय पोखराको प्राविधिक टोलीले नाप जाँच गरिसकेको छ । 

डिजाइन स्टिमेट तयार गरेर तत्काल ठेक्का आह्वान गरिने सडक डिभिजनका इञ्जिनियर ध्रुव पोखरेलले जानकारी दिए। चिसापानीदेखि हुवास–त्रिवेणी–वहाकी–रानीपानीसम्म यसअघि कालोपत्र भइसकेको छ । 

गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयले उक्त सडक कालोपत्र गरेको हो । डुम्रे भञ्ज्याङदेखि चिसापानी सडक कालोपत्र भएपछि पर्वतको दक्षिणी क्षेत्रका यात्रुलाई सहज हुने छ । यस सडकले पैंयू गाउँपालिकाका सात, विहादीका छ वडाका साथै महाशिला र फलेवास नगरपालिकाका स्थानीयवासिन्दा लाभान्वित हुने छन् । 

 सडक कालोपत्र भएपछि सिद्धार्थ राजमार्ग र कालीगण्डकी करिडोर जोडिनुका साथै वैकिल्पक मार्गको रुपमा प्रयोग गर्न सकिने पैंयू गाउँपालिका–५ चिसापानीका वडाध्यक्ष नारायण भूर्तेलले बताए। 

वालिङ–हुवास सडकको लम्बाइ १६ किलोमिटर छ । सडक जीर्ण हुँदा यस क्षेत्रका बासिन्दालाई यात्रा गर्न घण्टौँ समय र जोखिम मोल्नुपर्ने अवस्था छ । 

सो सडकसँगै पर्वतका अन्य चार वटा सडक कालोपत्र गर्न बजेट विनियोजन भएको हो । 

कुश्मा नगरपालिकाको पर्नेदोविल्ला–पकुवा–गँगटे–डाँडाखर्क सडक, जलजला गाउँपालिकाको लेखफाँट–शालिजा सडक, मोदी गाउँपालिकाको देउपुर–पूर्णगाउँ–घुरुङ्गा सडक र फलेवास नगरपालिकाअन्तर्गत लिमठाना– अर्चले–भँगरा सडकका लागि बजेट विनियोजन भएको हो । 

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ३ : ५२ बजे

दक्षिणी लेबनानमा इजरायली आक्रमण, तीन जनाको मृत्यु

एजेन्सी– दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु

‘प्रतिनिधिसभा नियमावली, २०८३’ को मस्यौदा सच्चाउन कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसले प्रस्तावित ‘प्रतिनिधिसभा नियमावली, २०८३’ को मस्यौदा सच्चाउन

आयोजना प्रभावितलाई सिलाइ मेसिन वितरण

दमौली– तनहुँ जलविद्युत आयोजनाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्ययोजना

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे कांग्रेसले संसद्‌मा आवाज उठाउने

काठमाडौं– नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा विषयमा संसद्मा आवाज उठाउने

कलेज बस दुर्घटनामा चार जना घाइते

भद्रपुर– यहाँको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढ धाम नजिक भित्री सडकमा