‘स्काउटले असल नागरिक निर्माणमा योगदान गरिरहेको छ’ « Khabarhub

‘स्काउटले असल नागरिक निर्माणमा योगदान गरिरहेको छ’


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले असल र राष्ट्रसेवामा समर्पित नागरिक निर्माणमा योगदान गरिरहेको बताएका छन्।

कोशी प्रदेशस्तरीय चौथो नेपाल स्काउट भेलाको शनिबार विराटनगरमा उद्घाटन गर्दै उनले समाजमा अनुशासन कायम गरी सेवाभाव जगाउने कार्यमा स्काउटले भूमिका निर्वाह गरिरहेको भन्दै प्रशंसा गरे।

मुख्यमन्त्री कार्कीले मुलुकमा आउने विपद् एवं महामारीका समयमा स्काउटका स्वयंसेवकले गरेका सेवा महत्वपूरर्ण रहेको स्मरण गर्दै समाज र राष्ट्रलाई सही बाटोमा लैजाने असल नागरिक उत्पादनका लागि प्रदेशका सम्पूर्ण वडा तथा सबै विद्यालयमा स्काउटको विस्तार गर्नुपर्नेमा जोड दिए। उनले स्काउटलाई राजनीतिबाट टाढा राखी विशुद्ध सामाजिक कार्यमा लाग्नुपर्ने सुझावसमेत दिए।

प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले असल समाज निर्माण गरी आर्थिक र बौद्धिक विकासमा स्काउटको ध्यान केन्द्रित हनुपर्ने विचार व्यक्त गरे।

कार्यक्रममा विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की, सामाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङ तथा नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रन्जितले विकास एवं अनुशासनमा स्काउटको महत्वमाथि चर्चा गरेका थिए ।

तीनदिने भेलामा प्रदेशका ६७ पालिका तथा विभिन्न विद्यालयका पाँच हजार विद्यार्थीहरूको सहभागिता रहेको छ । भेलाले बाढीपहिरो एवं विपद्का समयमा उद्धार, अनुसाशानलगायत स्काउटसम्बन्धी विभिन्न क्रियाकलापको आयोजना हुने जनाइएको छ ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ५ : ४८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्