ब्रिगेड ब्वाइजलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा « Khabarhub

ब्रिगेड ब्वाइजलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाल पुलिस क्लब २४ औं आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। 

शनिबार पोखरा रंगशालामा भएको क्वार्टरफाइनल खेलमा पुलिसले युकेको ब्रिगेड ब्वाइज युनाइटेड क्लबलाई २–० गोल अन्तरले पराजित गर्‍यो।

पुलिसका विवेक पाण्डेले २८ औं मिनेटमा र कप्तान राम वाजीले ४० औं मिनेटमा गोल गरे, दुवै गोल कर्नर किकमार्फत भएको थियो। ब्रिगेडले खेलभर राम्रै अवसर पाए पनि गोल गर्न सकेन। 

पुलिसका प्रशिक्षक चेतन घिमिरेले ‘डेड बल’ रणनीति सफल भएको बताए भने ब्रिगेडका प्रशिक्षक सुरेश रानाले मैदानको अवस्था र प्रशिक्षण अभावका कारण हार बेहोर्नुपरेको बताए।

सेमिफाइनलमा पुलिसले माघ ३० गते चर्च ब्वाइज र त्रिभुवन आर्मीबीचको विजेतासँग खेल्नेछ। आइतबार थ्री स्टार क्लब र मच्छिन्द्र क्लबबीच दोस्रो क्वार्टरफाइनल खेल हुनेछ।

फागुन ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छन्। प्रत्येक खेलमा म्यान अफ दी म्याच, फ्यान अफ दी म्याच, र भाग्यशाली दर्शकलाई पुरस्कार प्रदान गरिनेछ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ७ : १९ बजे

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध