अन्तरराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फागुन ३ देखि | Khabarhub Khabarhub

अन्तरराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फागुन ३ देखि


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

सुनसरी – यही आगामी फागुन ३ गतेदेखि १५औँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेन्टस इटहरी गोल्डकप हुने भएको छ ।

आज इटहरीमा आयोजित पत्रकार सम्मेलनमा आगामी फागुन ३ देखि १० गतेसम्म हुने आयोजक राष्ट्रिय जागृति क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले जानकारी दिए। इटहरीस्थित रङ्गशालामा हुने प्रतियोगितामा आठ वटा क्लब सहभागी हुनेछन् ।

जसमा राष्ट्रिय जागृति क्लब, युनाइटेड खर्साङ फुटबल क्लब, सगरमाथा युथ क्लब मोरङ, न्युरोड क्लब काठमाडौँ, मच्छिन्द्र फुटबल क्लब काठमाडौँ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, चर्च ब्वाइज युनाइटेड र धरान फुटबल क्लबको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउनेछन् ।

विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले रु एक लाख, प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ हुने खेलाडीले रु १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २० हजार प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ता खेलाडीले नगद रु २५ हजार पाउने अध्यक्ष डुम्जनले बताए ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ८ : ४९ बजे

मौरीपालक किसानको सङ्ख्या बढ्यो, उत्पादन घट्यो

चितवन- गत वर्ष विसं २०८० को तुलनामा विसं २०८१ मा

सीमा तोकेर नागरिकलाई रोक्न खोज्नु निरङ्कुशता : लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले आज

राजावादीसँग डराए शिक्षक, माइतीघरमा बिहानै भेला हुन आग्रह

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले निषेधित क्षेत्र तोड्ने गरी आइतबार प्रदर्शनको

प्रिमियरसीपमा तेस्रो र चौथो स्थानका लागि तीव्र प्रतिस्पर्धा

काठमाडौं – म्यानचेस्टर सिटीले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना

विद्युत् सेवा पटकपटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ– दश स्थानीय तह रहेको खोटाङमा ९६ प्रतिशत घरपरिवार उपभोक्ताले