अन्तरराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फागुन ३ देखि « Khabarhub

अन्तरराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फागुन ३ देखि


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

सुनसरी – यही आगामी फागुन ३ गतेदेखि १५औँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेन्टस इटहरी गोल्डकप हुने भएको छ ।

आज इटहरीमा आयोजित पत्रकार सम्मेलनमा आगामी फागुन ३ देखि १० गतेसम्म हुने आयोजक राष्ट्रिय जागृति क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले जानकारी दिए। इटहरीस्थित रङ्गशालामा हुने प्रतियोगितामा आठ वटा क्लब सहभागी हुनेछन् ।

जसमा राष्ट्रिय जागृति क्लब, युनाइटेड खर्साङ फुटबल क्लब, सगरमाथा युथ क्लब मोरङ, न्युरोड क्लब काठमाडौँ, मच्छिन्द्र फुटबल क्लब काठमाडौँ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, चर्च ब्वाइज युनाइटेड र धरान फुटबल क्लबको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउनेछन् ।

विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले रु एक लाख, प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ हुने खेलाडीले रु १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २० हजार प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ता खेलाडीले नगद रु २५ हजार पाउने अध्यक्ष डुम्जनले बताए ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ८ : ४९ बजे

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले

गाजा युद्धसँगै गहिरिँदो इजरायली सुरक्षा संकट

एजेन्सी– गाजामा भएको ठूलो विनाशलाई विश्वका धेरै मानिसले मानवीय त्रासदीका