अच्युतराज कलौनीको नाममा विद्यालयमा दुई लाखको अक्षयकोष « Khabarhub

अच्युतराज कलौनीको नाममा विद्यालयमा दुई लाखको अक्षयकोष


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस भीममदत्त नगरपालिका कञ्चनपुरका नगर सभापति स्वर्गीय अच्युतराज कलौनीको सम्झनामा नेविसंघले बैजनाथ नमुना उच्च माध्यमिक विद्यालय महेन्द्रनगरमा अक्षयकोष स्थापना गरेको छ ।

स्वर्गीय अच्युत अध्यक्ष रहेको विद्यालय बैजनाथ नमुना उच्च मावि, महेन्द्रनगरमा नेविसंघ केन्द्रीय कार्यसमितिको तर्फबाट उनको नाममा दुई लाख बराबरको अक्षयकोष स्थापना गरिएको हो ।

सो क्रममा नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ्ग शेर्पा केन्द्रीय सदस्यहरु टेकराज अवस्थी, जगत ऐर, अमृत कार्की लगायत नेविसंघका नेता कार्यकर्ताले अच्युतका बुबा जनकराज कलौनीसँग भेटघाट पनि गरेका थिए ।

साथै अध्यक्ष शेर्पाले घटनाको सत्य ,तथ्य छानविनका लागि ने वि संघले कुनै कसुर नराख्ने भन्दै समवेदना व्यक्त गरे ।

अच्युत नेविसंघका पूर्व सहमहामन्त्री (केन्द्रीय कार्यसमिति) मा थिए । उनी नेविसंघ हुँदै पार्टीको राजनीतिमा लागेका थिए ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  १० : २४ बजे

स्थानीयको पहलले भोजपुरमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण

भोजपुर– स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला