अच्युतराज कलौनीको नाममा विद्यालयमा दुई लाखको अक्षयकोष « Khabarhub

अच्युतराज कलौनीको नाममा विद्यालयमा दुई लाखको अक्षयकोष


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस भीममदत्त नगरपालिका कञ्चनपुरका नगर सभापति स्वर्गीय अच्युतराज कलौनीको सम्झनामा नेविसंघले बैजनाथ नमुना उच्च माध्यमिक विद्यालय महेन्द्रनगरमा अक्षयकोष स्थापना गरेको छ ।

स्वर्गीय अच्युत अध्यक्ष रहेको विद्यालय बैजनाथ नमुना उच्च मावि, महेन्द्रनगरमा नेविसंघ केन्द्रीय कार्यसमितिको तर्फबाट उनको नाममा दुई लाख बराबरको अक्षयकोष स्थापना गरिएको हो ।

सो क्रममा नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ्ग शेर्पा केन्द्रीय सदस्यहरु टेकराज अवस्थी, जगत ऐर, अमृत कार्की लगायत नेविसंघका नेता कार्यकर्ताले अच्युतका बुबा जनकराज कलौनीसँग भेटघाट पनि गरेका थिए ।

साथै अध्यक्ष शेर्पाले घटनाको सत्य ,तथ्य छानविनका लागि ने वि संघले कुनै कसुर नराख्ने भन्दै समवेदना व्यक्त गरे ।

अच्युत नेविसंघका पूर्व सहमहामन्त्री (केन्द्रीय कार्यसमिति) मा थिए । उनी नेविसंघ हुँदै पार्टीको राजनीतिमा लागेका थिए ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  १० : २४ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा