सुपरहिट गीत ‘नसा नसामा’ १३ वर्षपछि भाइरल « Khabarhub

साताका संगीत

सुपरहिट गीत ‘नसा नसामा’ १३ वर्षपछि भाइरल


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो साता सबैभन्दा बढी चर्चामा रहेको गीत हो- ‘नसा नसामा’ । यही गीतमा टिकटक मनग्य संख्यामा बनेका छन् । यो गीत भाइरल भएको छ ।

विसं २०६८ वैशाखमा यो गीत सार्वजनिक भएको थियो । यस गीतमा गायिका विष्णु माझी र गायक कुलेन्द्र विश्वकर्माको स्वर छ । यसको शब्द प्रल्हाद सुबेदी र लय बसन्त थापाको छ ।

१३ वर्षपछि यो गीत कसरी भाइरल भयो त ? गीत पुन: चर्चामा आउनुको जस भने भाइरल जोडी जोगेन्द्र बादी र राधिका बादीलाई जान्छ ।

यो जोडीले उक्त गीत गाउँदै गरेको भिडियो पत्रकार प्रकाश सिंहले सार्वजनिक गरेका हुन् । यो जोडीलाई बाजुरमामै गीत गाउँदै पैसा सङ्कलन गर्दै गर्दा पत्रकार प्रकाशले भेटेका थिए ।

यो जोडी बाजुराका स्थानीय हुन् । उनीहरुले गीत गाउँदै आफ्नो दैनिकीका लागि आर्थिक जोहो गर्थे ।

यो जोडीले निकै रौसका साथ उक्त गीत गाएका थिए । सबैले यो उनीहरुको प्रस्तुति मन पराए । उनीहरुकै आवाजको गीतमा टिकटक बन्न क्रम बढ्यो । यही कुराले १३ वर्ष पूरानो गीत पुन: चर्चामा ल्यायो ।

चर्चामा आएसँगै मिडियाहरुले यो बादी जोडीलाई खोज्ने क्रम बढेको थियो । तर फागुन १८ गते राधिकाको मृत्यु भएको खबर बाहिरियो । दुई दिनदेखि बिरामी परेका कारण उनले कालिकोटमा प्राण त्याग गरेकी थिइन् ।

बादी जोडीले यो पूरानो गीतलाई फेरि एक पटक दर्शकश्रोतालाई स्मरण भएको छ । सर्जकले राम्रो सिर्जनमा पस्कने दशकपछि पनि गीत चर्चामा आउँछ भन्ने यो एक उदाहरण पनि हो ।

‘नसा नसामा’ गीतको भिडियो :

जो छन् ट्रेन्डिङमा !

यो साता ट्रेन्डिङको शीर्ष स्थानमा नेपाली र्‍याप गीत छ । दोस्रो स्थानमा भारतीय र्‍यापर हनी सिंह छन् ।

तेस्रो स्थानमा गायक प्रकाश सपूतको निर्देशन रहेने फिल्म ‘वसन्त’को गीत ‘बिना स्वादै’को छ । यो गीतमा प्रकाशका भाइ देबेन्द्र बब्लुको स्वर छ । गीतको शब्द प्रकाश र देबेन्द्र दुवैको हो ।
गीतमा फिल्मका मुख्य कलाकार प्रभात पाल ठकुरी, श्री शिभान्सी, गायक देवेन्द्र बब्लु फिचर्ड छन् । गीतको भिडियो हरर रोमान्टिक शैलीमा निर्माण गरिएको छ ।

प्रकाशले फिल्मको प्रचार सामाग्रीका रुपमा पाँच दिन यो गीत सार्वजनिक गरेका हुन् । यो गीतले ८ लाखभन्दा बढी भ्युज पाएको छ ।

यो गीत सार्वजनिक पश्चात प्रकाशले फिल्मका प्रचार सामग्रीका रुपमा फितलो गीत सार्वजनिक गरेको टिप्पणी आएका छन् । हुन पनि यसअघिका उनका सिर्जना युट्युब ट्रेन्डिङको शीर्षस्थनामा सहज पुग्ने गरेका थिए । ती गीत विभिन्न कोणले बहस पनि हुने गरेको थियो ।

त्यस्तै ट्रेन्डिङको चौथोस्थानमा फिल्म ‘लाज शरणम्‘को प्रचारात्मक गीत ‘नेपाल हाँसेको’ छ । यस र्‍याप गीतको लेखक र गायक काठमाडौं महानगरपालिकाका मेयर बानेन्द्र शाह हुन् । अघिल्ला दुई साताभन्दा बढी यस गीतले ट्रेन्डिङको शीर्षस्थान कब्जा गरेको थियो ।

ट्रेन्डिङको छटौंस्थानमा दुर्गेश थापाको शिवरात्रि लक्षित गीत ‘बम बम भोले’ छ । सातौं स्थनामा गायक साज्जनराज वैद्यको गीत ‘एकादेशमा’ छ ।

फिल्मका नयाँ गीत

गत फागुन १४ गते तीन फिल्म ‘मायावी’, ‘लाज शरणम्’ र ‘फेरि रेशम फिलिली‘ प्रदर्शनमा आए । तीनै फिल्मको ग्रस कलेकस्न सुखद बन्न सकेन । यिनै तीनै फिल्मका नयाँ गीत सार्वजनिक भएका छन् ।

६ दिन अघि ‘मायावी’को गीत ‘तिमीसँगै हास्न मन छ’ सार्वजनिक भएको हो । यस गीतमा एसडी योगीको स्वर संगीत रहेको छ । शब्द भने राम अविरल विस्टले लेखेका हुन् ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नायक पल शाह र नायिका दिपिका प्रसाईं फिचर्ड छन् ।

यो फिल्म भने दर्शकको साथ नपाउँदा हलबाट उत्रिसकेको छ ।

‘लाज शरणम्’को गीत ‘च्यातिएको चोली’ लिरिकल भिडियो ६ दिनअघि नै सार्वजनिक भएको हो । यस गीतमा शब्द र संगीत वसन्त उदासको छ । गायक भने सुरज पण्डित हुन् ।

त्यस्तै, ६ दिनअघि नै फिल्म ‘रेशम फिलिली’को गीत ‘कहिले घाम‘ सार्वजनिक भएको छ । गीतको भिडियोमा फिल्मका नायक विनय श्रेष्ठ र नायिका सुपुष्पा भट्ट फिचर्ड छन् ।

यस गीतको गायक सुगम पोखरेल हुन् । कल्याण सिंहको संगीत रहेको यो गीतको शब्द हर्क साउदले लेखेका हुन् ।

यो साता चल्तीमा रहेका गायक-गायिकाको गीत भने चर्चामा आउन सकेनन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ९ : ०९ बजे

थापाथलीका सुकुमबासी बस्ती खाली, ६ परिवार दशरथ रंगशालामा स्थानान्तरण

काठमाडौं– थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली गरिएको

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका

पदको रवाफ देखाउने सांसदलाई कारबाही हुनुपर्छ : महावीर पुन

काठमाडौँ– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले सांसदहरू जनताको सेवक भएको

स्वास्थ्य मन्त्रालयमा ११औँ तहका उच्च अधिकारीको हेरफेर, प्रवक्तामा यसोदा अर्याल नियुक्त

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य समूहका एघारौँ तहका अधिकृतहरुको

नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

काठमाडौँ– बङ्गलादेशस्थित नेपाली दूतावासले शुक्रबार साँझ बङ्गलादेशको रङ्गपुरमा ‘नेपाल–बङ्गलादेश सम्बन्ध