आज २०८१ साल फागुन २४ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल फागुन २४ गते शनिबारको राशिफल


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन २४ गते शनिबार फागुन शुक्ल पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ मार्च ८ तारिख। अन्तर्राष्ट्रिय महिला दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य राम्रो छ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। व्यापारमा गरेको सहकार्यबाट फाइदा हुनेछ। खर्च बढ्ने भएकाले खर्च कटौती गर्नु उचित हुनेछ। साथीको साथ मिल्नेछ।

वृष : दिन राम्रो छ। धन कमाउने अवसर प्राप्त हुनेछ। बोलीमा मात्र सुधार गरेमा योजना दीर्घकालीन बन्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। लगानी गरेको भए व्यवसायमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : हरेक कुरामा अवरोध हुनसक्ने जोखिम छ। एकल निर्णय घातक हुने जोखिम छ। शिक्षाका क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा साथीले असहयोग गर्ने भएकाले सचेत बन्नुपर्नेछ।

सिंह : आज दिन सामान्य छ। भाग्यका स्थानमा चन्द्रमा पुगेकाले बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। परिवारका लागि कर्तव्य मात्र पूरा गर्नुपर्ने समय आएको छ। साथीभाइले सहयोग गर्नेछन्।

कन्या : दिन राम्रो छ। तपाईंले गरेको श्रमको उचित मूल्यांकन हुनेछ। ठुलाले आदर गर्नेछन् भने सानाबाट सत्कार मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

तुला : शिक्षाका क्षेत्रमा प्रगति हुनेछ। लगानी गरेको भए नाम र दाम दुवै प्राप्त हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ। परिवारमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

वृश्चिक : व्यवहारमा चुनौती बढ्नेछ। औषधी नियमित गर्न सकेमा स्वास्थ्यमा सुधार हुनेछ। प्राविधिक शिक्षामा गरेको प्रयासले तपाईंलाई सचेत गराउने छ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

धनु : दिन सहज छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। विपक्षीको आवाज शान्त भएकाले तपाईंको काम सहजै बन्नेछ। परिवारसँग घुमघामको अवसर मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

मकर : दिन सामान्य छ। ठुलो कामको सुरुवात नगर्नु उचित हुनेछ। बिहान उठेर धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। संकटमा साथीको साथ मिल्नेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ।

कुम्भ : शुभग्रहको बहुमत छ। धार्मिक कार्यमा सहभागी हुने मौका मिल्नेछ। तीर्थ यात्राको तय गरेको भए यात्रा सफल हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : खानपानमा ख्याल नगर्दा पेट सम्बन्धी समस्या हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँ योजना सार्वजनिक हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। बोलीमा नम्रता भए महत्त्वपूर्ण काम बन्नेछ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ५ : १५ बजे

गगनलाई कल्याणको जवाफ : विशेष महाधिवेशन एक हुँदैन, दुई हुँदैन, तीन हुँदैन

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले महामन्त्री गगनकुमार थापालाई

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट

अफगान शरणार्थी फिर्तीले आर्थिक दबाब तीव्र, युएनडिपीको चेतावनी

काबुल– संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले अफगान जनताको आर्थिक

‘शोले’ का जयले वीरुलाई सम्झिँदै भने- ‘भरिन नसक्ने शून्यता छाएको छ’

मुंबई – बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

प्रतिनिधि सभा फर्काउन माग गर्दै सर्वोच्चमा पुग्यो एमाले

काठमाडौं : गत भदौ २७ गते सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार