विश्व क्रिकेटका चार शक्तिः उपाधिमा भारतको दबदबा | Khabarhub Khabarhub

विश्व क्रिकेटका चार शक्तिः उपाधिमा भारतको दबदबा

भारत, अस्ट्रेलिया, अफ्रिका र न्युजिल्यान्डको सेरोफेरोमा विश्व क्रिकेट


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

सन् २०२३ मा दक्षिण एसियामा भएको एक दिवसीय विश्वकपमा भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका र न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेका थिए। आइतबार हुने च्याम्पियन्स ट्रफीको फाइनलमा न्युजिल्यान्ड र भारतको भिडन्त हुँदैछ। प्रतियोगिताको सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई तथा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराए। यस प्रतियोगिता लगत्तै हुने टेस्ट विश्व च्याम्पियनसिपमा पनि अस्ट्रेलिया र दक्षिण अफ्रिकाको बीचमा उपाधि भिडन्त हुनेछ।

पछिल्ला केही दशक विश्व क्रिकेट यी चार देशको सेरोफेरोमा घुमेको छ। तीन वटै संरचनामा यी नै देशको प्रभाव छ भने महिला प्रतियोगितामा पनि यिनै देशको प्रभाव छ। उमेर समूहको प्रतियोगितामा पनि यी चार देशको नै पकड रह्यो। पकड र खेल स्तर राम्रो भए पनि यी चार देशमा दक्षिण अफ्रिका भने उपाधि जित्न अझै असमर्थ छ। दक्षिण अफ्रिकाका लागि महत्त्वपूर्ण मौका आसन्न टेस्ट च्याम्पियन सीप नै हो।

यस बीचमा एक दिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले सफलता पायो भने टी-२० विश्वकप भारतले जित्यो। महिला टी-२० विश्वकपको उपाधि न्युजिल्यान्डले जित्यो भने यु-१९ विश्वकपको उपाधि अस्ट्रेलियाले जित्यो। महिला यु-१९ को उपाधि भने भारतले नै जित्यो।

आइतबार दुबईमा हुने च्याम्पियन्स ट्रफी प्रतियोगितामा उपाधिको दाबेदार भारत हो। पहिलो चरणमा न्युजिल्यान्डलाई भारतले हराएको कारण मात्र होइन, दुबईको पिच समेत भारतको अनुकूल छ। दुबईको टर्निङ पिचमा भारतले फेरि पनि चार स्पिनर प्रयोग गर्नेछ। त्यसो त भारतीय सिमर मोहम्मद सामी अस्ट्रेलियासँगको खेलमा प्रभावी साबित भए। चोटसँग सङ्घर्ष गरीरहेका भारतीय बलर सामीले पनि सुरुवातमा यस प्रतियोगिता गुमाउने प्रबल सम्भावना थियो। टोलीमा अन्य सिमर आर्शदिप सिंह र हर्षित राना समावेश भए पनि यी दुई भन्दा सामीलाई प्राथमिकता दिने निर्णयलाई उनले बारम्बार सही साबित गरेका छन्।

स्पिनर वरुण चक्रवर्ती र कुलदिप यादवको जोडी दुबइमा जमेको छ। तीन अलराउण्डर पनि उत्तिकै प्रभावशाली भएका कारण भारत यस प्रतियोगितामा सबै भन्दा सन्तुलित टोलीका रुपमा देखिएको छ। अक्षर पटेल, रवीन्द्र जडेजा र हार्दिक पाण्डेले भारतीय ब्याटिङलाई कहिले पनि अप्ठेरोमा पर्न दिएका छैनन्।

यो उपाधि जितेमा भारतका एक वर्ष भन्दा कम समयको अन्तरालमा दोस्रो आइसिसी उपाधि हुनेछ। सन् २०२४ को मध्यमा भएको टी-२० विश्वकपमा पनि भारले दक्षिण अफ्रिकालाई हराउँदै उपाधि जितेको थियो।

सन् २०२३ को विश्वकपमा भारत उपाधिको बलियो दाबेदार थियो। तर फाइनलमा ट्रेभिस हेडको शानदार ब्याटिङका कारण भारतले फाइनलमा हार व्यहोरेको थियो। त्यसयता हरेक प्रतियोगितालाई आधार मान्दा भारत पक्कै पनि संसारको सबैभन्दा प्रमुख क्रिकेट देश भएको छ।

विश्वकपको फाइनमा भारतलाई २४० रनमा सीमित गर्ने क्रममा स्टार बलर प्याट कुमिन्स र मिचेल स्टार्कले शानदार प्रदर्शन गरेका थिए। कुमिन्सले ५५ रन खर्चिए पनि ३ विकेट लिए। यसैगरी, स्टार्कले १० ओभरमा ३४ रन खर्चेर ३ विकेट लिएका थिए। २४१ रनको साँघुरो लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाका ट्रेभिस हेडले १२० बलमा १३७ रन प्रहार गरेका थिए।

२९ जुन २०२४ मा भएको टी-२० विश्वकप भने दक्षिण अफ्रिकाका लागि दुखद बनेको थियो। ब्रिज टाउनमा भएको फाइनलमा १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका हार्दिक पाण्डे र जसप्रित बुमराहको सामु निरीह साबित भएपछि भारतले उपाधि हात पारेको थियो। सो खेलमा भारत ७ रनले विजयी भएको थियो।

दुबईमा भएको महिला टी-२० क्रिकेटको फाइनलमा भने दक्षिण अफ्रिकालाई न्युजिल्यान्डले हरायो। १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १२६ रनमा सीमित भएको थियो। प्रतियोगिताको फाइनल प्रवेश गर्ने क्रममा दक्षिण अफ्रिकाले बलियो टोली अस्ट्रेलियालाई हराएको थियो।

११ फेब्रुअरी २०२४ मा भएको यु-१९ क्रिकेट प्रतियोगितामा भने भारतलाई हराउँदै अस्ट्रेलियाले सफलता पाएको थियो। सो प्रतियोगिताको फाइनलमा २५३ रन जोडको अस्ट्रेलियाले भारतलाई १७४ रनले हराएको थियो। मिहिला बडम्यानले ७ ओभरमा १५ रन खर्चेर ३ विकेट लिएका थिए। सो प्रतियोगितामा दक्षिण अफ्रिकाका सिमर क्वेन मापाखा म्यान अफ द सिरिज घोषित भए। उनकै उत्कृष्ट बलिङका कारण दक्षिण अफ्रिकाको उपाधिको दाबेदार मानिएको थियो। सेमिफाइनलमा सचिन दास र उदय शरणले सानदार प्रदर्शन गर्दै भारतलाई सफलता दिलाएका थिए।

यी सबै प्रतियोगिताको आधार मान्दा भारत विश्व क्रिकेटको सबै भन्दा महत्त्वपूर्ण शक्ति भएको कुरा नकार्न मिल्दैन। भारतलाई चुनौती दिने अस्ट्रेलिया नै हो। साथमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका पनि बराबरका शक्ति हुन्। तथापि दक्षिण अफ्रिका आइसिसीका प्रतियोगिता जित्न असमर्थ छ। जुन महिनामा अस्ट्रेलियासँग टेस्ट च्याम्पियनसिपको फाइनल भिडन्तको तयारीमा दक्षिण अफ्रिका छ। सो च्याम्पियनसिपको तालिकामा शीर्ष २ स्थानमा रहँदै यी दुई टोलीको भिडन्त पक्का भएको हो। संयोगवश टेस्ट तालिकामा पनि तेस्रो स्थानमा भारत तथा चौथो स्थानमा न्युजिल्यान्ड छ।

क्रिकेटका चार शक्तिको चुनौती अफगानिस्तान
यी चार देशको क्रिकेटका लागि सबै भन्दा ठुलो चुनौती बनेर अफगानिस्तानको उदय भएको छ। टी २० विश्वकपमा अफगानिस्तान सेमिफाइनल प्रवेश गरेको थियो। यसैगरी इङ्गल्यान्ड पनि सेमिफाइनल प्रवेश गरेको थियो।
महिला टी-२० विश्वकपमा भने भारत सेमिफाइनलमा प्रवेश गर्न असफल भएको थियो। वेस्ट इन्डिज सेमिफाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनलमा वेस्ट इन्डिजलाई न्युजिल्यान्डले हराएको थियो।

मलेसियाको क्वालामपुरमा भएको महिला यु-१९ टी-२० विश्वकपमा पनि भारतले दक्षिण अफ्रिकालाई हराउँदै उपाधि जितेको थियो। सो प्रतियोगिताको सेमिफाइनलमा पनि दक्षिण अफ्रिकाले अस्ट्रेलिया तथा भारतले इङ्गल्यान्डलाई हराएका थिए।

न्युजिल्यान्डको महिला टिमले टी-२० विश्वकप जिते पनि पुरुष टिमले खासै उपाधि जितेको छैन। सो टोलीका लागि आइतबार नयाँ परीक्षण हुनेछ। दक्षिण अफ्रिकाले सन् २०२३ को एक दिवसीय पुरुष विश्वकपदेखि यस च्याम्पियन्स ट्रफीसम्म भएका आइसिसीका सबै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेर पनि उपाधिबाट वञ्चित हुने नियति फेरी एक पटक भोगेको छ।
स्रोत : क्रिकइन्फो, आइसिसी, क्रिकबज

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ६ : ५५ बजे

किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–२ का पूर्ववडाध्यक्ष खुशीलाल साह किर्ते

ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल निर्वाचित

काठमाडौं – नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल

सुमनाले भनिन् : राजीनामा प्रधानमन्त्रीको आउनुपर्थ्यो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले शिक्षा

शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आग्रह

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरक्त शिक्षकको माग वार्ताको माध्यमबाट

धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र

जुम्ला – जुम्लाका तीनवटा पालिकालाई लक्षित गरी तातोपानी गाउँपालिका–१ मा