वाशिङ्टन – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप फुटबल आयोजना गर्दा अमेरिकामा दुई लाख रोजगारी सिर्जना हुने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा विश्वकप २०२६ को आयोजनाको तयारीका लागि टास्क फोर्स गठन गर्ने विषयमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा इन्फान्टिनोले यस्तो बताएका हुन्।
उनले विश्वकपका कारण थप दुई लाख रोजगारीको सिर्जना हुने तथा ४० अर्ब अमेरिकी डलर बराबरको प्रभाव रहने बताए।विश्वकपकै कारण अमेरिकामा ८० लाख जना पुग्ने अनुमान गरिएको छ।
ट्रम्पले विश्वकप फुटबलको आयोजना गर्न पाउनु गर्वको विषय भएको बताए। सन् २०१८ मा अमेरिकाले अधिकार पाउँदा ट्रम्प नै राष्ट्रपति थिए ।
सन् २०२६ को विश्वकप फुटबल र सन् २०२८ को गृष्मकालीन ओलम्पिक दुवै आयोजना गर्न पाउनु गर्वको विषय भएको ट्रम्पले बताए।
प्रतिक्रिया