विभेदको प्रवृत्तिलाई समयमै अन्त्य गर्नुपर्छ : राष्ट्रियसभा अध्यक्ष « Khabarhub

विभेदको प्रवृत्तिलाई समयमै अन्त्य गर्नुपर्छ : राष्ट्रियसभा अध्यक्ष


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पछिल्लो समय बदलिएको समाजमा महिला तथा बालिकामाथि भइरहेका हिंसा र विभेदका प्रवृत्तिलाई समयमै निस्तेज गर्न जरुरी रहेको बताएका छन् ।

११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले महिला हिंसा र विभेदका प्रवृत्तिलाई समयमै निस्तेज पार्न महिलाको नेतृत्वदायी भूमिका स्थापित गर्दै स्रोत, साधन, अवसर तथा लाभमा समान पहुँच सुनिश्चित गर्न, समानताको व्यावहारिक प्रत्याभूति दिलाउन र बालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

अध्यक्ष दाहालले नेपालमा महिलाको सहभागितामा भएका विभिन्न सशक्त र विद्रोहात्मक आन्दोलनको प्रतिफल नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको उल्लेख गरेका छन् ।

राज्यको सर्वोच्च तहदेखि स्थानीय सरकार तथा राज्यका सम्पूर्ण अङ्गहरूमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गरेको छ । संविधान र ऐनमार्फत् महिलाका पक्षमा व्यवस्था गरिएका कानूनको कार्यान्वयन गरेर मात्रै महिला अधिकार, समानता, सशक्तीकरणका विषय पूरा गर्न सकिने उनको भनाइ छ ।

अध्यक्ष दाहालले सबैखाले लैङ्गिक विभेद र असमानता अन्त्य गर्दै श्रमिक महिलाका हक अधिकारको प्रत्याभूति गराउन दिवसले सबैलाई प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गरे ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ८ : ०५ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको