महिलामाथि हुने शोषणविरुद्धकाे सङ्घर्षलाई सशक्त बनाउनुपर्छ : खनाल « Khabarhub

महिलामाथि हुने शोषणविरुद्धकाे सङ्घर्षलाई सशक्त बनाउनुपर्छ : खनाल


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले महिलामाथि हुने अन्याय अत्याचार, विभेद र शोषण विरुद्धको सङ्घर्षलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् ।

११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले पूर्णरूपले लैङ्गिक समानता स्थापनाका निम्तिको सङ्घर्षलाई अझ सशक्तरूपले अगाडि बढाउन जरूरी भएको बताए ।

महिलाहरूको हक र अधिकार प्राप्तिको सङ्घर्ष रूपमा ८ मार्च २०२५ आइपुगेको बताउँदै नेता खनालले सम्पूर्ण महिला दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

उनले सन्देशमा भनेका छन्– ‘आजको दिन विश्वभरका महिला दिदीबहिनीहरूको मुक्तिको ऐतिहासिक महिलाहरूको हक र अधिकारका साथै राजनीतिक, आर्थिक, सामाजिक तथा अधिकारका निम्ति आवाज बुलन्द गरिएको सङ्घर्षको दिन हो । महिला दिदीबहिनीका सङ्घर्षको कारण वर्तमान विश्वमा महिलाअधिकार र समानताका निम्ति उल्लेखनीय हक अधिकारहरू प्राप्त भएका छन् ।’

महिलाहरूले चलाउँदै आएको अनवरत सङ्घर्षको कारणले नेपालको वर्तमान सङ्घीय संसदमा ३३ प्रतिशत र स्थानीय तहमा करिब ४० प्रतिशत महिलाको सहभागिता सुनिश्चित भएको उल्लेख गर्दै नेता खनालले यस महत्त्वपूर्ण राजनीतिक उपलब्धिलाई विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । 

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ११ : १२ बजे

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका

एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआईमाथि अनुसन्धान

वासिङ्टन- अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) का

खुलामञ्चमा कांग्रेस महाधिवेशनको तयारी धमाधम (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि काठमाडौंको खुलामञ्चमा मञ्चमा