क्रेष्ट माइक्रोको आईपीओमा मागभन्दा साढे ६ गुणा बढी अवेदन  « Khabarhub

क्रेष्ट माइक्रोको आईपीओमा मागभन्दा साढे ६ गुणा बढी अवेदन 


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आईपीओ)मा मागभन्दा ६.५३ गुणा बढी आवेदन परेको छ ।

कम्पनीले सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता आईपीओ खुलाएको थियो । जसमा १ अर्ब २० करोड ५४ लाख ४५ हजार रुपैयाँ बरबरको १ करोड २० लाख ५४ हजार ४५० कित्ताका लागि आवेदन परेको छ ।

जुन आवेदन आईपीओ खुला गरेको दोस्रो दिन अर्थात शुक्रबार साँझ ५ः०७ बजेसम्ममा परेको सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएस)ले जनाएको छ ।

कम्पनीले २२ लाख ५० हजार कित्ताको आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । जसमा कम्पनीले २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ६७ हजार ५०० कित्ता कर्मचारी, १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोष र १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि शेयर निष्काशन गरेको छ ।

सर्वसाधारणका लागि खुला भएको आईपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिने छ। आईपीओ न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म भर्न पाइन्छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ११ : ५७ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री