अन्तर्राष्ट्रिय सङ्गठनसँग सम्बन्ध विस्तार गर्दै जसपा नेपाल « Khabarhub

अन्तर्राष्ट्रिय सङ्गठनसँग सम्बन्ध विस्तार गर्दै जसपा नेपाल


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले अन्तर्राष्ट्रिय सङ्गठन र आन्दोलनसँग सम्बन्ध विस्तार गर्दै लगेको छ ।

पार्टीको सैद्धान्तिक र वैचारिक मान्यताअनुरूप विश्वमा स्थापित विभिन्न राजनीतिक दलका सङ्गठन तथा अन्तर्राष्ट्रिय आन्दोलनको सदस्यता प्राप्त गर्ने र आपसी सम्बन्ध बढाउँदै लगिएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

जसपा नेपालको अन्तर्राष्ट्रिय आन्दोलन र सङ्गठनसँगको सम्बन्ध विस्तारबारे पार्टी मातहत समिति तथा पार्टी सदस्यलाई परिपत्रमार्फत जानकारी गराइएको प्रमुख बस्नेतले बताए । उनले भने, ‘विश्वमा स्थापित राजनीतिक दलहरूको एसियाली साझा संस्था ‘सोक्डेम एसियाप्यासिफिक’ को फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न भएको ‘स्टेरिङ’ कमिटीको बैठकले जसपा नेपाललाई सदस्यता प्रदान गरेको छ ।’

त्यसैगरी चिलीको राजधानी स्यान्टीयागोमा सम्पन्न ‘प्रोग्रेसिवएलाइन्स’ को ग्लोबल कन्फेरेन्सबाट जसपा नेपालले सर्वसम्मतिबाट सदस्यता प्राप्त गरेको छ ।

‘प्रोग्रेसिवएलाइन्स’ श्रमिक, सामाजिक लोकतान्त्रिक र समाजवादी पार्टीहरूको अन्तर्राष्ट्रिय सङ्गठन हो । यसले समानता, स्वतन्त्रता, सामाजिक न्याय र ऐक्यबद्धतालाई विश्वव्यापी अभियानका रुपमा कार्य गरिरहेको छ । उक्त सम्मेलनमा पार्टीका अध्यक्ष उपेन्द्र यादव र पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापाको सहभागिता रहेको सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  १२ : १३ बजे

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको