चलचित्र ‘भूठान’को ‘कागजको खोस्टो’ बोलको गीत रिलिज « Khabarhub

चलचित्र ‘भूठान’को ‘कागजको खोस्टो’ बोलको गीत रिलिज


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हरिवंश आचार्यको बहुप्रतिक्षित चलचित्र ‘भूठान’ले कागजको खोस्टो बोलको गीत रिलिज गरेको छ ।

पुष्पन प्रधानको स्वर, नवराज पराजलीको शव्द र वाचन साथै रिदम कँडेलको संगीत संयोजन, सुनिल शिवभक्तिको सम्पादन रहेको यस गीतले घर फर्कन नपाएको परदेशीको व्यथा बोलेको छ । गीत नवराज पराजुलीको युट्युब च्यानलबाट प्रसारण गरिएको छ ।

यो चलचित्रको टिजरले चलचित्रवृतमा हलचल पैदा गरिसकेको छ भने यस गीतले आमदर्शक र श्रोताको पनि मनमा हलचल पैदा गर्ने देखिन्छ ।

परदेशिएर वा घर देखि टाढा भएकाहरुलाई घरको यादमा चुर्लुम्म डुबाई एकफेर भएपनि आफनो गाउँ ठाउँ पुगिहालौं पार्ने खालको देखिन्छ ।गीतमा घर बाहिर रहेको पात्रले आफू घर नफर्कि मर्न पनि नमिल्ने र कालले समेत ताकेता गर्न नमिल्ने भावको मार्मिक शव्दहरु छन् । गीतमा हरिवंश आचार्यको जीवन्त अभिनय देखिएको छ भने सुसन प्रजापतिको अदभूत छायाँकन कला देखिन्छ ।

अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य साथै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द –लामा , रिचा घिमिरे, जोएस पाण्डे, ,अदिति प्याकुरेल, टम क्रेन ,विमल सुवेदी साथै हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् ।

हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।

भुटानदेखि भारत,नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दा घर हराएको कथा यस चलचित्र भूठान , द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान ले प्रस्तुत गरेको छ ।

बुलबुल चलचित्रबाट नाम कमाएका विनोद पौडेलको निर्देशन रहेको भूठानका निर्मातामा अविरल थापा,सुशांक मैनाली,राजेन्द्र ठकुराठी , अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् भने कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी,कौशिला खनाल,रमेश भट्ट,अपार श्रेष्ठ छन् ।

सुसन प्रजापतिको छायांकन,अन्जय खड्काको सम्पादन,डिकेश खडगी शाहीको ध्वनी,समवरण केमको संगीत, सुर्य शाहीको कास्टीङ्ग, उज्जवल श्रेष्ठको पव्लिसिटि डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, वलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन छ ।

यस चलचित्रलाई ठकुराठी ब्रोज,भ्याकेन्ट लाईट, एभरेष्ट ईन्टरटेनमेन्ट,अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मस्ले निर्माण गरेको हो । चलचित्र वैशाख १२ ,२०८२ मा प्रदर्शनमा आउनेछ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  १ : ५८ बजे

भारतीय समकक्षी जयशंकरद्वारा खनाललाई बधाई, सहकार्य सुदृढ बनाउने अपेक्षा

काठमाडौं– भारतका विदेशमन्त्री एस. जयशंकरले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई

नवनियुक्त प्रधानमन्त्री शाहलाई अमेरिकाको बधाई

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको

वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्दै महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने

मुस्ताङ एयरको सम्पर्कविहीन हेलिकप्टर सकुशल अवतरण

काठमाडौं- दोलखाको लाप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर

श्रममन्त्रीको पहिलो निर्णय- नेपालमै रोजगारी सिर्जना गरेर युवालाई पलायन रोक्छु 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले नेपालमा नै