डोनाल्ड ट्रम्पले नामै नसुनेको अफ्रिकी देश लेसोथोका यी आठ चर्चित कुरा | Khabarhub Khabarhub

डोनाल्ड ट्रम्पले नामै नसुनेको अफ्रिकी देश लेसोथोका यी आठ चर्चित कुरा


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


933
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘लेसोथोको बारेमा कसैले पनि सुनेको छैन’ भनेर दाबी गरे तब यो अफ्रिकी देशले आश्चर्यजनक प्रतिक्रिया दियो । संसद्लाई सम्बोधन गर्दै ट्रम्पले आफ्ना पूर्ववर्तीहरूले गरेको खर्चको आलोचना गर्ने क्रममा लेसोथोको नाम लिएका थिए ।

ट्रम्पले लेसोथोले दिइरहेको सहयोगको उल्लेख गर्दै कसैले पनि यो देशको नाम सुनेको छैन भनेका थिए । उनले भने, ‘लेसोथोमा एलजीबीटिआइप्लसलाई प्रवर्द्धन गर्न ८० लाख डलर खर्च गरिएको थियो । तर कसैले पनि यो देशको नाम सुनेको छैन ।’

ट्रम्पको यस्तो टिप्पणीपछि लेसोथोका विदेशमन्त्री लेजोआन पोटजोआनले बीबीसीसँग कुरा गर्दै आफू छक्क परेको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘म छक्क परेँ, कसैले कहिल्यै नसुनेको देश,त्यही देश हो जहाँ अमेरिकाको स्थायी दूतावास छ ।’

यो सानो दक्षिणी अफ्रिकी देश लगभग पूर्णतया पहाडमा अवस्थित छ । यो पूर्णतया दक्षिण अफ्रिकाले घेरिएको छ । यसबाहेक यस देशबारे जान्नुपर्ने धेरै कुरा छन् । यस रिपोर्टमा लेसोथोबारेका ८ कुराको चर्चा गरिएको छ ।

किङडम इन स्काई

लेसोथो राज्य धेरैजसो पहाडी छ । धेरै गाउँहरू पैदल, घोडा वा सानो विमानबाट मात्र पुग्न सकिन्छ । यसलाई ‘आकाशमा राज्य’ भनेर चिनिन्छ र इन्साइक्लोपेडिया ब्रिटानीकाका अनुसार यो समुद्र सतहबाट १००० मिटरको औसत उचाइ भएको विश्वको एक मात्रै स्वतन्त्र देश हो । यो देश विश्वको सबैभन्दा खतरनाक रनवेका लागि परिचित छ । यो धावनमार्गको नाम मेट्केन हो । यसको लम्बाइ छोटो छ र दुवै छेउमा खाडल छ ।

दक्षिण अफ्रिकाले घेरिएको देश

लेसोथो पूर्ण रूपमा दक्षिण अफ्रिकाले घेरिएको छ र पहाडहरूले घेरिएको छ । यहाँ कृषियोग्य जमिन धेरै छैन, त्यसैले यहाँका मानिसहरू खाद्यान्नको अभावबाट ग्रस्त छन् र दक्षिण अफ्रिकामा काम गर्ने मानिसहरूको आम्दानीमा निर्भर छन् ।

दशकौँदेखि हजारौँ कामदार कामको खोजीमा छिमेकी देशहरूमा गएका हुन्छन् । उनीहरूको आफ्नै देशमा अवसरहरूको गम्भीर अभाव छ । लेसोथोको जनसंख्या २० लाखभन्दा बढी छ । यसको संस्कृति र भाषा दक्षिण अफ्रिकाको जस्तै छ ।

उनीहरूको भाषा, सेसोथो, अफ्रिकाका ११ आधिकारिक भाषाहरू मध्ये एक हो । वास्तवमा, लेसोथो भन्दा दक्षिण अफ्रिकामा सेसोथो भाषीहरू धेरै छन् । दक्षिण अफ्रिकामा लगभग ४६ लाख मानिसहरूले यो भाषा बोल्छन् ।

सेतो सुन

पठारको कठोर हावापानीका कारण लेसोथोमा स्रोतसाधनको अभाव छ । तल्लो क्षेत्रहरूमा कृषि भूमि कम छ । यसको सबैभन्दा ठूलो स्रोत पानी हो, जसलाई स्थानीय रूपमा ‘सेतो सुन’ भनेर चिनिन्छ । यो पानी दक्षिण अफ्रिकामा निर्यात गरिन्छ । यद्यपि, यहाँबाट हिरा पनि निर्यात गरिन्छ ।

बासोथो

लेसोथोमा बस्ने मानिसहरूलाई बासोथो भनिन्छ । मोकोरोट्लोस भनिने कम्बल र परम्परागत टोपी बासोथो मानिसहरूको पहिचान हुन् । यो राष्ट्रिय प्रतीक हो र यसलाई देशको झण्डाको केन्द्रमा स्थान दिइएको छ ।

मोची ऊनको कम्बलहरूमा सुन्दर र रंगीन डिजाइनहरू हुन्छन् जसले बासोथो मानिसहरूको इतिहासबाट फरक कथाहरू बताउँछन् । बासोथो मानिसहरूले विशेष अवसरहरूमा यसलाई शालको रूपमा प्रयोग गर्छन् र उपहारको रूपमा दिन्छन् ।

अफ्रिकामा स्किइङ

जब हिउँ पर्ने क्षेत्रहरूको कुरा आउँछ, युरोप वा उत्तरी अमेरिकाको सम्झना आउँछ । तर लेसोथो पनि हिउँ खेलकुद गन्तव्यहरूमा पर्छ । अफ्रिकाका केही स्की रिसोर्टमध्ये एक, यो महादेशको सबैभन्दा अग्लो स्की रिसोर्टको घर हो । अफ्रिस्की नामको यो रिसोर्ट समुद्र सतहबाट ३,२२२ मिटरको उचाइमा छ । मालोती पर्वतमा अवस्थित यो रिसोर्टले महादेश र विश्वभरका पर्यटकहरूलाई आकर्षित गर्छ ।

एचआईभीको समस्या

लेसोथोमा विश्वमै सबैभन्दा बढी एचआईभी संक्रमित छन् । यहाँ पाँच वयस्कमध्ये एकजना एचआईभी पोजिटिभ छन् । प्रति १००,००० जनसंख्यामा संक्रमण दर धेरैजसो देशहरूको तुलनामा सबैभन्दा उच्च छ ।

अमेरिकी विदेश विभागका अनुसार २००६ देखि अमेरिकी सरकारले एचआईभी समस्या समाधान गर्न यस देशलाई लगभग एक अर्ब डलर सहयोग प्रदान गरिसकेको छ ।

उच्च आत्महत्या दर

विश्व स्वास्थ्य संगठनका अनुसार, लेसोथोमा विश्वकै उच्च आत्महत्या दर पनि छ, जहाँ प्रति १००,००० जनसंख्यामा लगभग ८७.५ जनाको आत्महत्या दर छ ।

विश्वव्यापी रूपमा आत्महत्याको औसत ९ छ र लेसोथोको दर १० गुणा बढी छ । यसको सबैभन्दा ठूलो कारण लागूपदार्थ र मदिराको दुरुपयोग, जागिरको अभाव र कमजोर मानसिक स्वास्थ्य प्रणाली भएको बताइन्छ ।

अमेरिकामा लुगा निर्यात

अमेरिकामा कपडा निर्यात गर्ने सन्दर्भमा यो उप-सहारा अफ्रिकाको सबैभन्दा ठूलो देश हो । गत वर्ष, लेसोथोले अमेरिकामा डेनिम र कपडासहित २३७ मिलियन डलर मूल्यको कपडा निर्यात गरेको थियो ।

अफ्रिकी वृद्धि र अवसर ऐन अन्तर्गत, अफ्रिकी देशहरूलाई आफ्ना केही उत्पादनहरू अमेरिकामा करमुक्त निर्यात गर्न अनुमति दिइएको छ । लेसोथोले यस ऐन अन्तर्गत व्यापार गर्छ । यस सम्झौता अन्तर्गत सबैभन्दा धेरै उत्पादनहरू निर्यात गर्ने सन्दर्भमा लेसोथो दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  २ : ०८ बजे

जितुको अर्को फिल्म ‘कार्की साइला’को शुभ मुहूर्त, वैशाख २० बाट छायाङ्कन

काठमाडौं – कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको छक्का पञ्जा

कूल निर्यातमा भटमास तेलको हिस्सा एक तिहाइ, साढे ६२ अर्ब बढीको निर्यात

काठमाडौं– नेपालले निर्यात गर्ने वस्तुहरूमा सबैभन्दा ठूलो हिस्सा भटमास तेलको

प्रधानमन्त्रीले ‘बाइपास’ गरेपछि असन्तुष्ट थिइन् मन्त्री भट्टराई

काठमाडौं- संघीय राजधानी काठमाडौंमा २० दिनदेखि आन्दोलित शिक्षकहरूको माग पूरा

निजामती विधेयकमाथिको छलफल अन्तिम चरणमा

काठमाडौं– प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा झण्डै नौ महिनादेखि