भूराजनीतिक उथलपुथलबीच चीनले बढायो रक्षा बजेट | Khabarhub Khabarhub

भूराजनीतिक उथलपुथलबीच चीनले बढायो रक्षा बजेट


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- नेपालको उत्तरी छिमेकी चीनले आफ्नो वार्षिक रक्षा बजेट ७.२ प्रतिशतले बढाएको छ । यससँगै चीनको रक्षा बजेट यस वर्ष २४९ अर्ब डलर पुगेको छ ।

समाचार अनुसार विज्ञहरूले चीनको वास्तविक रक्षा खर्च उसले खुलासा गरेको भन्दा ४०-५० प्रतिशत बढी भएको अनुमान गरेका छन् । चीनले कम सैन्य खर्च देखाउन विभिन्न क्षेत्रहरूअन्तर्गत रकम छुट्याउँछ ।

अमेरिकापछि चीनले रक्षा क्षेत्रमा सबैभन्दा बढी खर्च गर्छ । अमेरिकाको रक्षा बजेट लगभग ९६८ अर्ब डलर छ । जुन चीनको बजेटको ४ गुणा बढी हो । त्यस्तै जर्मनीको ८६ अर्ब डलर, भारतको ७४ अर्ब डलर र जापानको ५३ अर्ब डलर रहेको छ ।

हाल विश्वव्यापी उथलपुथलबीच चीनले इन्डो-प्यासिफिक र वरपरका क्षेत्रहरूमा विरोधीहरूको सामना गर्न सेना, नौसेना, वायुसेना, आणविक, अन्तरिक्ष र साइबर क्षेत्रमा आफ्नो क्षमता बढाइरहेको छ ।

चीनले आफ्नो २० लाख शक्तिशाली जनमुक्ति सेनालाई आधुनिकीकरण गर्न निरन्तर कदम चालिरहेको छ । यसको उद्देश्य ताइवानमा कुनै पनि तेस्रो पक्षको हस्तक्षेप रोक्नु र दक्षिण-पूर्वी चीन सागरमा आफ्नो शक्ति प्रदर्शन गर्नु हो ।

चीनले ताइवानलाई आफ्नो भाग मान्छ, तर ताइवानले आफूलाई छुट्टै देश मान्दछ । ताइवानलाई अझै छुट्टै देशको रूपमा मान्यता दिइएको छैन ।

अर्कोतर्फ अर्को छिमेकी देश भारतको चीनको तुलनमा रक्षा बजेट लगभग तीन गुणा कम रहेको छ । हाल भारतको रक्षा बजेट जीडीपीको १.९ प्रतिशत छ ।

विज्ञहरूले भारतले आफ्नो रक्षा बजेट जीडीपीको कम्तिमा २.५ प्रतिशत हुनुपर्नेमा जोड दिने गरेका छन् । भारतले आफ्नो रक्षा बजेटको ७५ प्रतिशत आफ्नो १४ लाख सेनाको तलब र पेन्सनमा खर्च गर्छ, जसमध्ये २५ प्रतिशत सैन्य आधुनिकीकरणको लागि मात्र बाँकी रहने गरेको छ ।

चीनले अन्य कुनै पनि देशको तुलनामा आफ्नो आणविक भण्डार छिटो विस्तार गरिरहेको छ । हाल यसमा ६०० भन्दा बढी सञ्चालनयोग्य आणविक हतियारहरू छन् ।

सन् २०३५ सम्ममा यो संख्या १,००० नाघ्ने अपेक्षा गरिएको छ । साथै, चीनले ३७० भन्दा बढी युद्धपोत र पनडुब्बीहरू भएको विश्वको सबैभन्दा ठूलो नौसेना भएको दाबी पनि गरेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  २ : १४ बजे

बत्ती निभेपछि स्पेन र पोर्चुगलका धेरै शहरमा संकटकाल

स्पेन – स्पेन र पोर्चुगलमा एकाएक विद्युतमा संकट देखिएपछि संकटकालको

अवैध कारोबारमा २१ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विभिन्न ११ जिल्लाबाट अवैध

जुम्लाको चन्दननाथ र तातोपानीबीच भगिनी सम्बन्ध

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाबीच स्थानीय पर्यटन प्रवर्द्धन

ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूतबाट भेटवार्ता

ललितपुर– ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता

अमेरिकासँग सम्बन्ध बिग्रिएकै समयमा क्यानडामा निर्वाचन : ट्रम्पविरुद्ध दुवै दल एकजुट

ओटावा – क्यानडामा मंगलबार आम निर्वाचन सम्पन्न भएको छ। पार्टीका