भूराजनीतिक उथलपुथलबीच चीनले बढायो रक्षा बजेट « Khabarhub

भूराजनीतिक उथलपुथलबीच चीनले बढायो रक्षा बजेट


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- नेपालको उत्तरी छिमेकी चीनले आफ्नो वार्षिक रक्षा बजेट ७.२ प्रतिशतले बढाएको छ । यससँगै चीनको रक्षा बजेट यस वर्ष २४९ अर्ब डलर पुगेको छ ।

समाचार अनुसार विज्ञहरूले चीनको वास्तविक रक्षा खर्च उसले खुलासा गरेको भन्दा ४०-५० प्रतिशत बढी भएको अनुमान गरेका छन् । चीनले कम सैन्य खर्च देखाउन विभिन्न क्षेत्रहरूअन्तर्गत रकम छुट्याउँछ ।

अमेरिकापछि चीनले रक्षा क्षेत्रमा सबैभन्दा बढी खर्च गर्छ । अमेरिकाको रक्षा बजेट लगभग ९६८ अर्ब डलर छ । जुन चीनको बजेटको ४ गुणा बढी हो । त्यस्तै जर्मनीको ८६ अर्ब डलर, भारतको ७४ अर्ब डलर र जापानको ५३ अर्ब डलर रहेको छ ।

हाल विश्वव्यापी उथलपुथलबीच चीनले इन्डो-प्यासिफिक र वरपरका क्षेत्रहरूमा विरोधीहरूको सामना गर्न सेना, नौसेना, वायुसेना, आणविक, अन्तरिक्ष र साइबर क्षेत्रमा आफ्नो क्षमता बढाइरहेको छ ।

चीनले आफ्नो २० लाख शक्तिशाली जनमुक्ति सेनालाई आधुनिकीकरण गर्न निरन्तर कदम चालिरहेको छ । यसको उद्देश्य ताइवानमा कुनै पनि तेस्रो पक्षको हस्तक्षेप रोक्नु र दक्षिण-पूर्वी चीन सागरमा आफ्नो शक्ति प्रदर्शन गर्नु हो ।

चीनले ताइवानलाई आफ्नो भाग मान्छ, तर ताइवानले आफूलाई छुट्टै देश मान्दछ । ताइवानलाई अझै छुट्टै देशको रूपमा मान्यता दिइएको छैन ।

अर्कोतर्फ अर्को छिमेकी देश भारतको चीनको तुलनमा रक्षा बजेट लगभग तीन गुणा कम रहेको छ । हाल भारतको रक्षा बजेट जीडीपीको १.९ प्रतिशत छ ।

विज्ञहरूले भारतले आफ्नो रक्षा बजेट जीडीपीको कम्तिमा २.५ प्रतिशत हुनुपर्नेमा जोड दिने गरेका छन् । भारतले आफ्नो रक्षा बजेटको ७५ प्रतिशत आफ्नो १४ लाख सेनाको तलब र पेन्सनमा खर्च गर्छ, जसमध्ये २५ प्रतिशत सैन्य आधुनिकीकरणको लागि मात्र बाँकी रहने गरेको छ ।

चीनले अन्य कुनै पनि देशको तुलनामा आफ्नो आणविक भण्डार छिटो विस्तार गरिरहेको छ । हाल यसमा ६०० भन्दा बढी सञ्चालनयोग्य आणविक हतियारहरू छन् ।

सन् २०३५ सम्ममा यो संख्या १,००० नाघ्ने अपेक्षा गरिएको छ । साथै, चीनले ३७० भन्दा बढी युद्धपोत र पनडुब्बीहरू भएको विश्वको सबैभन्दा ठूलो नौसेना भएको दाबी पनि गरेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  २ : १४ बजे

प्रदेश बजेटको प्राथमिकतामा परेनन् सामाजिक उत्थान कार्यक्रम

काठमाडौं- सोमबार सातै प्रदेशले बजेट प्रस्तुत गरेका छन् । प्रदेशले

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध

सानिगाड हाइड्रोको स्थानीय सेयरमा गम्भीर अनियमितता, सनराइज क्यापिटलसँगको सेटिङमा प्रभावित क्षेत्रबाहिरका व्यक्तिको रजाइँ

काठमाडौं– बझाङ जिल्लाको बुंगल नगरपालिकामा सञ्चालित ३८.४६ मेगावाट क्षमताको माथिल्लो

घरजग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौं– देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा पाँच अर्ब