‘कोशी प्रदेश संसारभरका पर्यटकलाई स्वागत गर्न तयार भइसकेको छ’ | Khabarhub Khabarhub

‘कोशी प्रदेश संसारभरका पर्यटकलाई स्वागत गर्न तयार भइसकेको छ’

शनिबारदेखि इटहरीमा ‘इस्टर्न टुरिजम मार्ट’


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कोशी प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ । यसैको पूर्वसन्ध्यामा इटहरीमा फागुन २५, २६ र २७ गते इस्टर्न टुरिजम मार्ट आयोजना हुँदैछ । छिमेकी भारतका सिक्किम, बङ्गाल र बिहारका साथै भुटानका पर्यटन व्यवसायीसमेत सहभागी हुने कार्यक्रमबाट पूर्वी नेपालको पर्यटन लयमा फर्किने विश्वास छ । यही सन्दर्भमा आयोजक समितिका अध्यक्ष एवम् पर्यटनकर्मी देवी गौतम ‘रविन’सँग गरिएको कुराकानी :

‘इस्टर्न टुरिजम मार्ट’ कस्तो पर्यटकीय कार्यक्रम हो ?

यो समग्र कोशी प्रदेशको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्न एकीकृत सूचना केन्द्र राखिएको विशुद्ध पर्यटकीय कार्यक्रम हो । कोशी प्रदेशको पर्यटनलाई एकै थलोबाट सामूहिक प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो । हाम्रो टार्गेट ग्रुपका रुपमा बङ्गाल, बिहार, सिक्किम र भुटानको पर्यटन क्षेत्रका लिडरलाई बोलाएर कोशीको सम्भाव्य क्षेत्र उजागर गर्ने उचित अवसरका रुपमा कार्यक्रमलाई लिइएको छ ।

हाम्रो पर्यटकीय सम्भाव्य क्षेत्रको पहिचान दिन स्टलहरू हुन्छन् । तिनलाई रुचाउने वर्गका पर्यटक तान्ने हाम्रो मूल ध्येय छ । जसका लागि पर्यटन व्यवसायी, अभियन्ता र पत्रकारहरूको टोलीले कोशी प्रदेशको सम्भावनालाई आ–आफ्नो क्षेत्रमा पुगेर फैल्याउने छन् । मैले माथि भनेका ठाउँबाट आउने व्यक्ति पर्यटन क्षेत्रमै खारिएका छन् । तिनीहरू हाम्रा लागि आगामी दिनमा सम्पर्क सूत्र हुनेछन् ।

कार्यक्रममा के–कस्ता गतिविधि हुनेछन् ?

कोशी प्रदेशभित्रका सम्भाव्य पर्यटन क्षेत्र वन–जङ्गल, नदी, तलाउ, धार्मिक मठ–मन्दिर, झरना लगायतको प्रचार र यहाँका होटेल, लज, रिसोर्टको उपलब्धताको जानकारी दिने गतिविधि हुनेछन् । दोस्रो दिन पाहुनालाई मुख्यमुख्य पर्यटकीय गन्तव्य घुमाइने छ । यसले छिमेकका रमणीय क्षेत्रमा आफ्नो ठाउँका मान्छे पठाएर दोहोरो लाभ पनि लिन सकिन्छ भन्ने जानकारी मिल्नेछ । हाल उनीहरूले जसरी पोखरा, चितवन, लुम्बिनी पर्यटक पठाइरहेका छन्, अब पूर्वी नेपालमा पनि विश्वस्तरीय सेवा दिने ठाउँ र रमणीय गन्तव्य छन् भन्ने बुझाउन यो कार्यक्रम फलदायी हुनेछ ।

पर्यटन उत्सवमा आउने व्यक्तिहरू कस्ता कस्ता हुनेछन्, कति संख्यामा आउँछन् ?

हामीले कार्यक्रमका लागि पर्यटन क्षेत्रसँग सम्बद्ध दुई छिमेकी भुटान र भारतका १ सय ५० जनालाई आमन्त्रण गरेका छौँ । उहाँहरूले सकेसम्म आउँछौँ भन्नुभएको छ । शुक्रबार साँझसम्म कन्फर्म गर्नेको संख्या १ सय नाघेको छ । हाम्रो टीमले थप आमन्त्रितलाई सम्पर्क गरिरहेको छ । तिनमा पर्यटन अभियन्ता, पत्रकार, पर्यटनकर्मी छन् । हामीले देशभित्रका पर्यटन संघसंस्थामा आवद्ध महत्वपुर्ण पदाधिकारी र पर्यटन क्षेत्रका प्रबुद्ध व्यक्तिलाई छुटाएका छैनौँ ।

स्टल नै रहने भनिएको छ, खासमा कस्ता कस्ता रहन्छन् ?

कोशीका १४ जिल्लाको प्रतिनिधित्व गर्ने महत्वपूर्ण पर्यटकीय क्षेत्रको जानकारी दिने स्टल रहनेछन् । जसमा ग्रामीण कृषि र पर्यटकीय जानकारी छुट्ने छैनन् । निजी र सामुदायिक रुपमा सञ्चालित पर्यटन गन्तव्यको जानकारी दिने स्टल हुनेछन् । जसका लागि आवश्यक १ सय ५० जनालाई आयोजकले सहुलियतमा तीन दिनसम्म बस्ने व्यवस्था गरेका छौँ ।

यो कार्यक्रम कसको सहयोगमा हुन लागेको हो ?

यो सरकारी कार्यक्रम हो, निजी क्षेत्रले यसमा होस्टेमा हैँसे गरेका हौँ । यसलाई नेपाल पर्यटन बोर्ड, कोशी प्रदेश सरकार र इटहरी उपमहानगरपालिकाले आयोजना गरेका छन् । यसमा कोशी प्रदेशभित्रका सक्रिय पर्यटन व्यवसायीलाई सहभागी गराएर एउटा फोरम बनाइएको छ । जसलाई यो सम्पुर्ण कार्यक्रम आयोजनको जिम्मा छ ।
करिब ६० लाख हाराहारी खर्च लाग्ने कार्यक्रमलाई सरकार र निजी क्षेत्रले आधाआधा जिम्मा लिने सहमति भएको छ ।

यसबाट समग्र पर्यटन क्षेत्रलाई के लाभ मिल्छ ?

पर्यटन बोर्ड पोखराकेन्द्रित थियो । हामीले पूर्व ल्याएका छौँ । उहाँहरूलाई पूर्व पनि पर्यटनको हब भनेर प्रमाणित गर्ने बेला हो यो । यसबाट हामीलाई धेरै फाइदा हुनेछ । अहिलेको कार्यक्रमबाट हामी पूर्वका पर्यटन व्यवसायी सङ्गठित भएका छौँ । यसले पर्यटन गन्तव्यको दीगो प्रवद्र्धन यही सम्बन्धको नेटवर्कमार्फत हुन्छ ।

हाम्रो थलो साहसीक पर्यटनको पनि हब हो भन्ने थप प्रमाणित हुनेछ । हामीसँग प्याराग्ल्याइडिङ, साइक्लिङ, क्यानोनिङ जस्ता कार्यक्रम हुने प्रशस्त ठाउँको विकास भएको छ। नजिकै विश्वस्तरीय कोशीटप्पु छ, वन–वन्यजन्तुसँग रमाउने पर्यटकका लागि आकर्षक गन्तव्य हो त्यो ।

अर्को कुरा, हाम्रो प्रदेशमा निजी क्षेत्रबाट पर्यटकलक्षित अब्बल पूर्वाधार निर्माण भएका छन् । स्तरीय होटेलको कुरा गर्दा हामीसँग ३ वटा त क्यासिनोसहितका स्टार होटेल छन् । बाँकी दुईवटा सञ्चालनको तयारीमा छन् । यसले पनि के देखाएको छ भने अब कोशी प्रदेशमा संसारका जुनसुकै स्थानबाट पर्यटक आए पनि विश्सस्तरीय सेवा दिन सक्षम छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ९ : ०२ बजे

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा

मुन्धुमी जीवनदर्शन बुझाउने ‘सेक्मुरी फूल’ विमोचित

काठमाडौं– आख्यानकार मनु योङहाङद्वारा लिखित उपन्यास ‘सेक्मुरी फूल’ विमोचन गरिएको

धरान विस्तार गर्ने सुब्बा रत्नप्रसाद : अङ्ग्रेजसँग व्यापार, रहस्यमय मृत्यु

सुनसरी – पूर्वको लिम्बूवानी क्षेत्रमा याक्थुङ लिम्बू समुदायलाई राणाकाल र

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित सडकमा भएको सवारी दुर्घटनामा

गृहमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

कञ्चनपुर– गृहमन्त्री रमेश लेखकले आज कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी