ओलीका कारण राजावादी सल्बलाएको भन्दै माओवादीको जागरण अभियान स्थगित « Khabarhub

ओलीका कारण राजावादी सल्बलाएको भन्दै माओवादीको जागरण अभियान स्थगित


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


951
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण राजावादीहरू सल्बलाएको भन्दै ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’ स्थगित गर्ने निर्णय गरेको छ ।

सरकारमा भएकाहरूले भ्रष्टाचारलाई बढावा दिने लगायतका गलत कामहरू गर्दा राजावादीहरू अनावश्यक रूपमा सल्बलाउन थालेको दावी गर्दै माओवादीले फागुन १२ गतेबाट सुरु भएको अभियान तत्कालका लागि स्थगित गरेको हो ।

‘केपी ओलीले असाध्यै गलत कामहरू गर्नुभयो । सरकारमा भएकाहरूले भ्रष्टाचारलाई बढावा दिने लगायतका गलत कामहरू गर्दा राजावादीहरू अनावश्यकरुपमा सल्वलाउन थाले,’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले भने, ‘यसै विषयमा छलफल गर्न भोलि (आइतबार) पदाधिकारी बैठक बोलाइएको छ । बैठकका लागि जागरण अभियान अन्तर्गतका भोलि–पर्सीका कार्यक्रमहरू अहिलेलाई स्थगित गरिएको हो ।’

उनले गणतन्त्रको विकल्प प्रतिगमन हुन नसक्ने जिकिर गर्दै राजावादी समूहविरुद्ध प्रतिरोध गर्नुपर्ने अवस्थासमेत हुन सक्ने पनि बताए । ‘अहिलेको गणतन्त्रको विकल्प राजावादी हुनै सक्दैनन् । प्रतिगमन हुनै सक्दैन,’ आचार्यले भने, ‘यस्तो अवस्थामा राजावादी विरुद्ध प्रतिरोध गर्नुपर्ने आवश्यक हुन सक्छ ।’

पूर्वराजा ज्ञानेन्द्र शाह जनआन्दोलनका दोषी भए पनि छुट दिइएको भन्दै उनले ज्ञानेन्द्रले सीमा नाघेर गतिविधि गर्न थालेपछिको अवस्थामा रणनीति तय गर्न पदाधिकारी बैठक बोलाइएको पनि बताए ।

‘राजावादीहरूलाई अहिलेसम्म छुट दिँदै आइएको थियो । पूर्वराजालाई जनआन्दोलनका दोषी भए पनि छुट दिइएको थियो,’ प्रमुख स्वकीय सचिव आचार्यले भने, ‘उनी आफ्नो सीमा नाघेर गतिविधि गर्न थालेपछि अब रणनीतिक रूपमा कसरी जाने भनेर छलफल गर्न भोलि बैठक बोलाइएको छ ।’

अभियानअन्तर्गत शनिबार रौतहटमा कार्यक्रम गरिरहेको माओवादी केन्द्रले आइतबार (फागुन २५) बारामा, फागुन २६ गते पर्सामा, फागुन २७ गते चितवनमा कार्यक्रम गर्ने कार्यसूची तय गरेको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ५ : १६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्