पिएम कपका लागि सिद्धार्थ रंगशाला तयार « Khabarhub

पिएम कपका लागि सिद्धार्थ रंगशाला तयार


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

भैरहवा – पहिलो पटक काठमाडौं बाहिर लुम्बिनी प्रदेशको ३ वटा खेलमैदानमा प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगीता हुन गईरहेको छ ।

प्रतियोगिता भैरहवाको सिद्धार्थ रंगशाला, तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र दाङको लमहीस्थित देउखुरी क्रिकेट रंगशालामा हुनेछन् ।

सिद्धार्थ रंगशालामा आइतबार देखी सुरुहुने पिएम कप प्रतियोगीताको तयारी पुरा भएको लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङले जानकारी दिएका छन् ।

मैदान सम्याउने, रंगरोधन, दर्शकदीर्घा व्यवस्थापन, सुरक्षा संरचना मजबुत बनाउने तथा अन्य भौतिक पूर्वाधार मर्मत कार्य तीव्र सकिने चरणमा पुगेको छ । उक्त पिएम कप क्रिकेट प्रतियोगीतामा ५० ओभरको खेल खेलाइने उनले भने ।

आइतबार लुम्बिनी प्रदेश र कोशी प्रदेशको विचमा प्रतिशपर्धा र एक्स्ट्राटेकमा भने एपिएफ र बागमती बागमती प्रदेश खेल्ने गुरुङले बताए । भैरहवाको सिद्धार्थ रंगशालामा क्रिकेट मैदानका अलावा अभ्यास गर्ने ठाउँ र एकेडेमीसमेत छ ।

४६ वटा खेल मध्य भैरहवाको रंगशालामा १७ वटा, एक्स्ट्राटेक १५ वटा र लमही क्रिकेट खेलमैदानमा १४ वटा खेल हुने अध्यक्ष गुरुङले बताए । उद्घाटनका लागि भने उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रि दामोदर पाण्डे आउनेपनि उनले बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ६ : ०० बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग