एमालेलाई निर्णायक शक्ति बनाउन जरा अभियान : शङ्कर पोखरेल « Khabarhub

एमालेलाई निर्णायक शक्ति बनाउन जरा अभियान : शङ्कर पोखरेल


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बाँके – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेलाई बलियो बनाउनका लागि वडा केन्द्रित ‘जरा अभियान’ सञ्चालन गरिएको बताए ।

नेकपा (एमाले)स्थानीय विकास विभागले शनिबार नेपालगञ्जमा आयोजना गरेको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट प्रत्यासी उम्मेदवारलाई सम्मान तथा अभिमुखीकरण कार्यक्रममा उनले जरा केन्द्रित अभियान र मिसन–२०८४ ले एमालेलाई अझ सशक्त शक्तिका रूपमा स्थापित गर्ने बताए ।

महासचिव पोखरेलले नेकपा एमालेलाई निर्णायक शक्ति निर्माण गर्ने यात्रामा स्थानीय तहका पूर्वजनप्रतिनिधिका साथै तहका युवा वर्गको योगदान हुनेमा आफू विश्वस्त रहेको बताए । सुदृढ राजनीतिक दलबाट नै राष्ट्र निर्माण हुने उनको तर्क थियो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आफ्नो दल क्रियाशी रहेको उनको अभिमत थियो ।

नेकपा (एमाले) बाँके स्थानीय विकास विभाग प्रमुख मीन मल्लको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्यसूर्य ढकाल, दीपा शर्मा, शान्ति ढकाल,मोहम्मद हारुन हलवाई, पशुपतिदयाल मिश्रा सहभागी थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ६ : ०६ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको