अझै ढुवानीका लागि घोडा र खच्चडकै भर « Khabarhub

अझै ढुवानीका लागि घोडा र खच्चडकै भर


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

रुकुम – रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ र २ मा अहिले पनि दैनिक उपभोग्य वस्तु घोडा र खच्चडबाट ढुवानी हुने गरेको छ । यी दुई वडामा सडकसम्पर्क स्थापित नहुँदा ढुवानीका लागि परम्परागत साधनमै भरपर्नु परेको छ ।

पुथाउत्तरगङ्गा गाउँपालिका–१२ देउखोलासम्म मात्रै सावारीसाधन सञ्चालन हुने गरेका छन् । देउखोलाभन्दा माथिको भू–भागमा भने घोडा र खच्चडले सामान ओसार पसार गर्ने गरेको सिस्ने–२ का टेकबहादुर खड्काले बताए ।

“देउखोलासम्म सडक खुलेको लामो समय भइसक्यो । १० किलोमिटर सडक कालेपत्र भइसकेको छ तर देउखोलाभन्दा माथि कडा चट्टानका कारण सडक विस्ता भएको छैन, जसले गर्दा अझै पनि दैनिक उपभोग्य वस्तुको ढुवानीमा खच्चड र घोडाकै भरपर्ने अवस्था छ”, उनले भने ।

नायगाडमा सानिभेरी नदिबाट डोजर तारेर सडक निर्माण भने भएको छ । देउखोलादेखि नायगाडसम्म जोड्ने सडक नबन्दा दुई वडा सडक सञ्जालमा जोडिन नसकेका हुन् । यातायातका साधन नपुगेका कारण यी वडाको विकास पनि प्रभावित भइरहेको छ ।

“सिमेन्ट, बालुवा दुवानी गर्दा पनि घोडा खच्चडबाटै गर्नुपर्छ, लागत महङ्गो छ । जिल्लाको दररेट फरक छ, जसले विकासमा समस्या छ”, तिलकराज रसाईलीले भने ।

एकातिर यी वडामा सडक बनेको छैन, अर्कोतिर भएका पुराना गोरेटो बाटो पनि व्यवस्थित छैनन् । गत बर्खामा पहिराले बालुकाप्चे भिरको बाटो बगाएपछि झनै समस्या भएको छ । हाललाई देउखोलाबाट सानिभेरी नदीमा बाटो झारेर बगर हुँदै आवतजावत भए पनि बर्खामा भने त्यो बन्द हुनेछ ।

सिस्ने–२ का वडा अध्यक्ष कृष्ण खड्काले अर्को भालुकाप्चे भिरमा पनि बाटो बनाउन सकिने अवस्था नरहेको बताए । बर्खामा दुवै ठाउँको बाटो बन्द हुँदा घोडा खच्चडबाट ढुवानी हुने सामान पनि ठप्प हुने उनको भनाइ छ । यी वडा सडक सञ्जालसँग जोडिन अझै केही वर्ष लाग्ने वडा अध्यक्ष खड्काले बताए ।

भालुकाप्चे भिरमा गत बर्खामा पहिरो गएको थियो । सिस्ने–१ र २ का नागरिकले बर्खामा यहाँबाट जिल्ला सदरमुकाम डोरीको सहारामा आवतजावत गर्नुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  १० : ०७ बजे

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन

मध्यपूर्व तनावबीच लेबनान-इजरायलबीच रोममा नयाँ वार्ता

रोम– अमेरिकी मध्यस्थतामा लेबनान र इजरायलबीच मंगलबार इटालीको राजधानी रोममा

सरकारलाई सभामुखको निर्देशन- मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्नू

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्न सरकारलाई

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवन– जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत

‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो