आज २०८१ साल चैत २६ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल चैत २६ गते मंगलबारको राशिफल


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल चैत २६ गते मंगलबार चैत शुक्ल पक्षको एकादशी तिथि। कामदा एकादशी व्रत। तदनुसार सन् २०२५ अप्रिल ८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य राम्रो छ। आफू खुशी भएर हिड्ने क्षमता बढ्नेछ। विपक्षी साथी शान्त रहेकाले काम गर्ने अवसर मिल्नेछ। सञ्चित धन खर्च हुनेछ। अनुत्पादित क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृष : दिन सामान्य छ। बौद्धिक साथीसँगको टकराबले घाटा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। खानपानमा भने रुची घट्नेछ। शिक्षा क्षेत्रको नतिजाका लागि धैर्य बन्नुपर्नेछ। आम्दानीका दृष्टिले व्यापारको क्षेत्र सफल देखिन्छ।

मिथुन : सञ्चित धन खर्च हुनेछ। लगानीमा सहकार्य भए फाइदा हुनेछ। व्यापारमा नाफा कमाउने योग छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। बिहान धार्मिक कार्यमा सहभागी भएर भाग्य चम्काउने अवसर मिल्नेछ।

कर्कट : दिन सहज छ। बोलीमा नम्रताको खाँचो देखिन्छ। तपाईंको बोलीका कारण साथीभाइ टाढा पुग्ने जोखिम छ। व्यापारमा लगानी गरेको भए नाफा हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

सिंह : पूर्ण चन्द्रमा तपाईंको राशिमा पुगेकाले मन खुशी हुनेछ। लगानीका क्षेत्र सबल छन्। स्वास्थ्यमा सुधार हुनेछ। दाम्पत्य जीवनमा विश्वास गर्दा अप्ठेरो पर्ने भएकाले सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

कन्या : मन अशान्त बन्नेछ। राजनीतिक क्षेत्रमा साथीहरुले घेराबन्दी गर्ने जोखिम छ। हरेक क्षेत्रमा मिहिनेत गर्नुपर्ने देखिन्छ। साथीभाइसँग सहकार्य भएमा काम बन्नेछ।

तुला : आम्दानीका दृष्टिले दिन राम्रो छ। राजनीतिबाट टाढै रहनु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा तपाईंले गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यले साथ दिँदा मनमा खुशी मिल्नेछ।

वृश्चिक : दिन सामान्य छ। सानो कुराले मनमा झन्झट आइपर्ने खतरा छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ। बौद्धिक क्षेत्रका व्यक्तिसँग झुकाव राख्न सके दिन सहज बन्नेछ।

धनु : व्यवहारिक समस्याको समाधान हुने दिन छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रका साथीले सेवाका अवसर प्रदान गर्नेछन्। परिवारमा सल्लाह गरेर गरेको काम सफल बन्नेछ।

मकर : धन खर्च हुने दिन छ। काम गर्दा तीन पटक सोच्नुपर्ने हुनसक्छ। छलफलमा अरुको कुरा सुनेर मात्र आफ्नो धारणा राख्नु राम्रो हुनेछ। तपाईंले आफ्नो सोचेको मान्छेले विरोध गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

कुम्भ : स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। व्यवहार सहज बन्नेछ। सप्तम भावमा उदयमान चन्द्रमा पुगेकाले मन प्रशन्न बन्नेछ। धार्मिक क्षेत्रको अवलोकन गर्ने अवसर मिल्नेछ।

मीन : ग्रह प्रतिकुल रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। राम्रो कुरा बोले पनि साथीहरुले गलत व्याख्या गर्ने जोखिम छ। शिक्षाको क्षेत्रमा धैर्य धारण गर्नुपर्ने हुनेछ। पठनपाठनमा आलस्य बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ५ : ०३ बजे

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र