आईपीएलः मुम्बईविरुद्ध विराट र रजतको अर्धशतकमा आरसिबी १२ रनले विजयी « Khabarhub

आईपीएलः मुम्बईविरुद्ध विराट र रजतको अर्धशतकमा आरसिबी १२ रनले विजयी

कप्तान पाण्डेको विस्फोटक ब्याटिङका बाबजुद मुम्बईको तेस्रो हार


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को सोमबार भएको खेलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)ले मुम्बई इन्डियन्सलाई १२ रनले हराएको छ। २२२ रनको लक्ष्य पाएको मुम्बईले ९ विकेटको क्षतिमा २०९ रन जोडेको हो। सुरुवातदेखि नै दबाबमा रन बटुलेपछि पहिलो १० ओभरमा नै खेल गुमाइसकेको मुम्बईका लागि कप्तान हार्दिक पाण्डे र तिलक वर्माले विस्फोटक ब्याटिङ गरे। कप्तान पाण्डे र वर्माको ब्याटिङले मुम्बईलाई जित नजिक पुर्याएको थियो।

अन्तिम २ ओभरमा मुम्बईलाई जितका लागि २८ रन चाहिएको अवस्थामा जोश हजेलउडले पहिलो बलमा नै पाण्डेलाई आउट गरे। छक्का प्रहार गर्ने प्रयासमा आउट भएका पाण्डेले १५ बलमा ४२ रन जोडे। २९ बलमा ५६ रन जोडेका वर्मालाई भने भुवनेश्वर कुमारले आउट गरे।

अन्तिम ओभरमा मुम्बईलाई २० रन चाहिएको थियो। सुरुवाती दुई बलमा क्रुनान पाण्डेले माइकल सान्टनर र दीपक चाहरलाई आउट गरे। उनले अन्तिम ओभरमा तीन विकेट लिए। पाण्डेले चार ओभरमा ४५ रन खर्चेर ४ विकेट हात पारे। भुवनेश्वर कुमार र जोस हजेलउडले समान दुई विकेट लिए। सुयश शर्माले किफायती बलिङ गर्दै ४ ओभरमा ३२ रन मात्र खर्चेपछि मुम्बई खेलमा पछि परेको थियो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले ५ विकेटको क्षतिमा २२१ रन जोडेको थियो। आरसिबीका लागि विराट कोहली र रजत पाटीदारले अर्धशतक बनाए। विराट कोहलीले ४२ बलमा ६७ रन जोड्दा कप्तान रजत पाटीदरले ३२ बलमा ६४ रन बनाए। विराटको अर्धशतकमा आठ चौका र दुई छक्का समावेश थियो भने रजतले पाँच चौका र चार छक्का हिर्काए। उसका लागि जितेश शर्माले अविजित रहँदै १९ बलमा ४० रन जोडे। देव दत्त पाणीकलले २२ बलमा ३७ रन जोडे।

मुम्बईका लागि हार्दिक पाण्डेले दुई विकेट लिए। उनले चार ओभरमा ४५ रन खर्चिए। आरसिबीले बाजी मारेको खेलमा पाटीदर म्यान अफ द म्याच घोषित भए। आरसिबी ४ खेलमा तेस्रो जितसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पाँच खेलमा चौथो पराजयको सामना गरेको मुम्बई आठौँ स्थानमा छ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ५ : ५५ बजे

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल

असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका बारेमा

हङकङमा नरजित राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ – हङकङेली नेपाली साहित्यकार नरजित राईको सातौँ साहित्यिक कृति

विकास देखिने गरी हुनुपर्छ : मन्त्री भण्डारी

अत्तरिया– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने

महानगरमा बालेनका चार वर्ष : दलीय जनप्रतिनिधि समेत निर्दलीय मेयरका फ्यान !

काठमाडौं– ०७९ वैशाखमा भएको स्थानीय निर्वाचनबाट काठमाडौं महानगरको प्रमुखमा निर्वाचित