राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्ने, अनुशासित भएर प्रस्तुत हुन आग्रह « Khabarhub

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्ने, अनुशासित भएर प्रस्तुत हुन आग्रह


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शनसहित आमसभा गर्ने भएको छ । भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शनमा स्थानीय प्रशासनले अनुमति नदिए पछि राप्रपाले बल्खु क्षेत्रमा प्रदर्शन र आमसभा गर्न लागेको हो ।

राप्रपाले आज बागमती प्रदेशस्तरीय विरोधसभा सहितको प्रदर्शन गर्नुका साथै बैशाख ७ गतेबाट काठमाडौं केन्द्रित आन्दोलन गर्ने जनाएको छ ।

प्रदर्शनको पूर्व तयारीका लागि सोमबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रदर्शन र सभालाई सभ्य, अनुशासित र भव्य बनाउने निर्णय गरेको थियो ।

गत गत चैत १५ गते भएको राजावादीको आन्दोलन हिंसात्मक भएपछि राप्रपाले आजको प्रदर्शन अनुशासित बनाउन विशेष जोड दिएको छ ।

यस्तै, राप्रपाले देश बनाउने र बचाउने अभियानमा सबैलाई पार्टीको झण्डासहित प्रर्दशनमा सहभागी हुन आग्रह गरेको छ । 

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ७ : ०८ बजे

लुम्बिनी प्रदेशसभा बनियाँले दिए राजीनामा

देवदह– लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बनियाँले पदबाट राजीनामा दिएका छन्

बालेनलाई प्रधानमन्त्री बनाएर पठाएमा आन्दोलन सफल हुन्छ : अमरेशकुमार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेशकुमार सिंहले बालेन्द्र साह ‘बालेन’

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : ओली

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा

मधेसमा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मधेसमा

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस