गाजा खाली गराउने योजनामा नेतान्यहु र ट्रम्प : तीन पत्रकारसहित ६० जनाको मृत्यु « Khabarhub

गाजा खाली गराउने योजनामा नेतान्यहु र ट्रम्प : तीन पत्रकारसहित ६० जनाको मृत्यु


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

इजरायल – गाजाको नासेर अस्पताल नजिकै रहेको पत्रकार बसेको पालमा नै इजरायलले आक्रमण गरे पछि एक पत्रकारको ज्यान गएको छ। यसरी ज्यान गुमाउने पत्रकार अहमद मन्सुर हुन्। सोमबार बिहानै भएको आक्रमणमा दुई पत्रकारले ज्यान गुमाएका थिए।

इजरायलले गरेको पछिल्लो आक्रमणमा अहमदसहित ६० जनाले ज्यान गुमाइसकेका छन्। इजरायलले गाजामा आक्रमण गरिरहेकै समयमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गरिरहेका थिए।

वार्ताको क्रममा ट्रम्पले गाजा खाली नगराएर इजरायलले छाडेकोमा आश्चर्य व्यक्त गरेको जनाइएको छ। नेतान्याहुले प्यालेस्टाइनीलाई लैजान तयार देशको खोजी भइरहेको बताएका छन्। प्यालेस्टायनी भने अन्य देशमा जान इच्छुक छैनन्। उनीहरू युद्ध पनि चाहँदैनन्।

अहिले गाजामा बढ्दै गएको सङ्कटका कारण संयुक्त राष्ट्र सङ्घ अन्तरगतका ६ निकायले युद्ध विराम आवश्यक भएको बताएका छन्। तथापि इजरायलले युद्ध रोकेको छैन। इजरायली अधीनस्थ पूर्वी जेरुसलेम र वेस्ट बैंकमा समेत इजरायलले गरेको सामूहिक हत्याको विरुद्धमा प्रदर्शन भएका छन्।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ७ : १० बजे

रुसमा गरिएको युक्रेनी ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु

मस्को – मस्को र वरपरको क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा

करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो

गुजरात – पश्चिम एसियामा जारी भीषण युद्ध र बढ्दो तनावका

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

झापा – झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

कांग्रेस लेखा समितिमा तीन सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय लेखा समितिमा