गाजा खाली गराउने योजनामा नेतान्यहु र ट्रम्प : तीन पत्रकारसहित ६० जनाको मृत्यु « Khabarhub

गाजा खाली गराउने योजनामा नेतान्यहु र ट्रम्प : तीन पत्रकारसहित ६० जनाको मृत्यु


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

इजरायल – गाजाको नासेर अस्पताल नजिकै रहेको पत्रकार बसेको पालमा नै इजरायलले आक्रमण गरे पछि एक पत्रकारको ज्यान गएको छ। यसरी ज्यान गुमाउने पत्रकार अहमद मन्सुर हुन्। सोमबार बिहानै भएको आक्रमणमा दुई पत्रकारले ज्यान गुमाएका थिए।

इजरायलले गरेको पछिल्लो आक्रमणमा अहमदसहित ६० जनाले ज्यान गुमाइसकेका छन्। इजरायलले गाजामा आक्रमण गरिरहेकै समयमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गरिरहेका थिए।

वार्ताको क्रममा ट्रम्पले गाजा खाली नगराएर इजरायलले छाडेकोमा आश्चर्य व्यक्त गरेको जनाइएको छ। नेतान्याहुले प्यालेस्टाइनीलाई लैजान तयार देशको खोजी भइरहेको बताएका छन्। प्यालेस्टायनी भने अन्य देशमा जान इच्छुक छैनन्। उनीहरू युद्ध पनि चाहँदैनन्।

अहिले गाजामा बढ्दै गएको सङ्कटका कारण संयुक्त राष्ट्र सङ्घ अन्तरगतका ६ निकायले युद्ध विराम आवश्यक भएको बताएका छन्। तथापि इजरायलले युद्ध रोकेको छैन। इजरायली अधीनस्थ पूर्वी जेरुसलेम र वेस्ट बैंकमा समेत इजरायलले गरेको सामूहिक हत्याको विरुद्धमा प्रदर्शन भएका छन्।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ७ : १० बजे

लुम्बिनी प्रदेशसभा बनियाँले दिए राजीनामा

देवदह– लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बनियाँले पदबाट राजीनामा दिएका छन्

बालेनलाई प्रधानमन्त्री बनाएर पठाएमा आन्दोलन सफल हुन्छ : अमरेशकुमार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेशकुमार सिंहले बालेन्द्र साह ‘बालेन’

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : ओली

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा

मधेसमा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मधेसमा

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस