यौन तथा प्रजनन स्वास्थ्य शिविर : महिलाको प्रजनन प्रणालीमा समस्या | Khabarhub Khabarhub

यौन तथा प्रजनन स्वास्थ्य शिविर : महिलाको प्रजनन प्रणालीमा समस्या


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीस्थित ग्रामीण क्षेत्रका महिलामा प्रजनन प्रणालीमा सङ्क्रमण अर्थात पीआईडी समस्या देखिएको छ । पाटन नगरपालिकामा सञ्चालित यौन तथा प्रजनन स्वास्थ्य शिविरमा सहभागी भएका अधिकांश महिलामा उक्त समस्या देखिएको हो ।

पाटन नगरपालिकाका तीनवटा स्वास्थ्य संस्थामा सञ्चालन गरिएको शिविरमा उपचारमा आएकामध्ये ५० प्रतिशत महिलामा पीआईडी समस्या देखिएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख प्रेमसागर भट्टले बताए ।

तीनै ठाउँमा झन्डै ५०० महिलाले सेवा लिएका र तीमध्ये आधामा उक्त समस्या देखिएको हो । उनले भने, ‘शिविरमा आएर जाँच गर्दा महिलामा पीआईडीको समस्या देखियो र उनीहरूको उपचार गरिएको छ । पाठेघरमा मासु पलाउनु, हर्मोनको गडबडी र असुरक्षित यौन सम्पर्कलगायत कारणले प्रजनन प्रणालीमा सङ्क्रमणको समस्या देखिने गर्दछ ।’

यस्तै शिविरमा उपचारका लागि आएकामध्ये २५ प्रतिशत महिलामा पाठेघरबाट असामान्य रूपमा रक्तश्राव हुने समस्या देखिएको छ  । पाठेघरमा मासु पलाउने, हार्मोन गडबडीलगायत कारणले यस्तो समस्या देखिने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । असामान्य रूपमा रक्तश्राव हुने समस्या देखिएका चार जनालाई सुविधासम्पन्न अस्पातलमा उपचारका लागि रेफर गरिएको छ भने दुई जनामा क्यान्सरको आशङ्का गरिएकाले उनीहरूलाई पनि थप उपचारका लागि रेफर गरिएको भट्टले बताए ।

यसका साथै शिविरमा आएकामध्ये पाँच प्रतिशत महिलामा पाठेघर खस्ने समस्या देखिएको छ । तीमध्ये तीन जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको छ भने अन्यलाई रिङ पेसरी राखेर उपचार गरिएको छ  ।

गर्भावस्थामा गह्रौँ भारी बोक्नु, सुत्केरी भएको समयमा गह्रौँ भारी बोक्नु, जन्मान्तर कम हुनुलगायत कारणले महिलामा पाठेघर खस्ने समस्या आउने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।

शिविरमा आएका १५ प्रतिशतमा महिलामा पिसाब नलीको सङ्क्रमण देखिएको छ । सरसफाइको कमी, पानी कम पिउनुलगायत कारणले उनीहरूमा यो समस्या देखिएको बताइएको छ ।

त्यसैगरी, शिविरमा आएकामध्ये १० प्रतिशतमा ग्यास्ट्रिकको समस्या देखिएको छ । समयमा खाना नखानु, खाली पेटमा दूध चिया पिउनु, भोको बस्नुलगायत कारणले ग्यास्ट्रिकको समस्या बल्झिने गरेको डा. नीता तिमिल्सिनाले बताइन्  । शिविरमा उपचारका लागि आएका महिलाको अल्ट्रासाउण्ड गर्दा केहीमा पत्थरीको समस्या देखिएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा. सुरेशबहादुर विष्टले बताए ।

गाउँघरकै स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सकबाट सेवा पाएपछि स्थानीय नागरिकलाई सहज भएको पाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।

पाटन प्राथमिक स्वास्थ्य केन्द्र, सिद्धेश्वर स्वास्थ्यचौकी खोड्पे र वसन्तपुर स्वास्थ्यचौकीमा उक्त शिविर सञ्चालन भएको थियो । शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तिमिल्सिना, डा रेजिना खड्का, डा सुरेशबहादुर विष्टलगायत स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो । 

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  १० : २२ बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको