हेमन्त शिशिरको ‘बन्द कोठाको झ्याल’ सार्वजनिक, शेरचनलाई विश्वज्योति काव्य सम्मान  « Khabarhub

हेमन्त शिशिरको ‘बन्द कोठाको झ्याल’ सार्वजनिक, शेरचनलाई विश्वज्योति काव्य सम्मान 


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कवि हेमन्त शिशिरको कवितासङ्ग्रह ‘बन्द कोठाको झ्याल’ सार्वजनिक भएको छ । ४० वर्ष ननाघेका र कुनै पनि कृति प्रकाशित नभएका युवालाई काव्य-क्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्यले स्थापित ‘विश्व-ज्योति पाण्डुलिपि पुरस्कार’ जितेको उक्त सङ्ग्रह सोमबार सार्वजनिक गरिएको हो । 

ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, प्राध्यापक डा रजनी ढकाल, कविहरू राजेन्द्र सलभ, विश्वविमोहन श्रेष्ठ र उषा शेरचनले कृति सार्वजनिक गरेका हुन् । 

सङ्ग्रह साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो । पुस्तकको मूल्य ३०० रुपैयाँ रहेको छ । कैलालीका कवि शिशिर विगत डेढ दशकदेखि कविता लेखनमा सक्रिय छन् । 

यसैगरी ‘एपेक नेपाल’ द्वारा यसै वर्षदेखि अर्पण गर्ने गरी स्थापना भएको ‘विश्व-ज्योति काव्यसमान’ पहिलो पटक वरिष्ठ कवि उषा शेरचनलाई प्रदान गर्ने निर्णय गरिएको छ । विसं. २०१२ सालमा पोखरामा जन्मिएकी कवि उषा शेरचनका कविता, मुक्तक र आख्यानका ६ वटा कृति तथा ५ वटा गीति एल्बम प्रकाशित भइसकेका छन् ।  ‘विश्व-ज्योति काव्यसमान’मा सम्मान पत्रसहित नगद ५१ हजार रुपैयाँ रहेको छ । 

यसैगरी कार्यक्रममा कविहरू राजेन्द्र सलभ, विश्वविमोहन श्रेष्ठ, विधान आचार्य, बाबू त्रिपाठी, उषा शेरचन, लक्ष्मी माली र प्रज्वल अधिकारीका कवितालाई एम आर्टका कलाकारको प्रस्तुति गरेका थिए । जसको निर्देशन वीरेन्द्र हमालले गरेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  १२ : ५० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने