माधव नेपाल भन्छन्- पूर्वराष्ट्रपति-उपराष्ट्रपति राजनीतिमा फर्किएमा राज्यले सुविधा काट्नु पर्छ « Khabarhub

माधव नेपाल भन्छन्- पूर्वराष्ट्रपति-उपराष्ट्रपति राजनीतिमा फर्किएमा राज्यले सुविधा काट्नु पर्छ


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पूर्व राष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा पुनः फर्किने कार्य उपयुक्त नभएको बताएका छन् ।  

मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रपति वा उपराष्ट्रपतिको पद सक्रिय राजनीति भन्दा बाहिर हुने भएकाले यसलाई सम्मान गर्नुपर्ने समेत बताए । 

पूर्व राष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा पुनः फर्किए राज्यले दिने सुविधा कटौती गर्नुपर्ने उनले बताए । उनले राष्ट्रपति भएपछि राजनीतिबाट बिदा हुनुपर्ने भएकाले आफूले यसअघि सो पद स्वीकार नगरेको जिकिर गरे । 

उनले भारतले राजसंस्था पुनर्स्थापनामा आफ्नो कुनै संलग्नता नभएको बताएको उल्लेख गर्दै उत्तर प्रदेशका मुख्यमन्त्रीले पनि खण्डन गर्नुपर्ने बताए । अध्यक्ष नेपालले हराएर गएको राजतन्त्र कुनै हालतमा नफर्किने भन्दै राणा शासन पनि फर्किन्छ र ? भन्दै प्रश्न गरे ।  

अध्यक्ष नेपालले विगत १० वर्षको संविधान कार्यान्वयनको समीक्षा गर्दै आवश्यक संशोधन गर्दा उपयुक्त हुने समेत उल्लेख गरे । 

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  १ : ०१ बजे

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

काठममाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु