हर्क साम्पाङले भने- गणतन्त्रको पक्षमा छु, कुलमानको कामलाई सय नम्बर दिन्छु « Khabarhub

हर्क साम्पाङले भने- गणतन्त्रको पक्षमा छु, कुलमानको कामलाई सय नम्बर दिन्छु


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले आफू गणतन्त्रको पक्षमा भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न काठमाडौं आएका साम्पाङले सञ्चार कमीसँग कुरा गर्दै यस्तो बताएका हुन् । 

उनले आफू स्वतन्त्र नागरिकको प्रतिनिधि गर्ने जनप्रतिनिधि भएकाले गणतन्त्रको पक्षमा रहेको तर जनताले गइसकेको व्यवस्था ल्याउन चाहे आफूले केही गर्न नसक्ने बताए । 

उनले विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको कार्यसम्पादनलाई १ सय नम्बर दिन तयार भएको पनि बताए । उनले सरकारको बारेमा गरेको प्रश्नमा भने बोल्न चाहेनन् । 

‘म गणतन्त्रको पक्षमा छु । तर जनताले रुचाएर राजसंस्था ल्याए भने त भन्नु केही छैन । म गणतन्त्रको पक्षमा भोट हाल्छु  । तर जनताले यो व्यवस्था भन्दा त्यही ठिक छ भनेर ल्याइदिए भने मेरो भन्नु केही छैन । म जनतासँग लड्न सक्दिन । साम्पाङले पत्रकारसँग भने, ‘म अभियान र आन्दोलनबाट आएको मान्छे हो । म बाङ्गै छु । कुलमानलाई म १ सय अङ्क दिन तयार छु । सरकारको विषयमा बोल्दिन ।’

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  १ : २६ बजे

फ्लाइङ किस दिएर आफ्नै भाषामा बालेनको भाषण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मधेस पुगेर

मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण

मनाङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

लामो समयपछि सार्वजनिक ठाउँमा हाँसे बालेन

काठमाडौं– सामान्यतया कुनै कार्यक्रम समारोहमा नहाँस्ने राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

गण्डकी र मधेशका स्वास्थ्य सचिवमा नयाँ नियुक्ति, गण्डकीमा डा. बसौला

काठमाडौं– सरकारले गण्डकी र मधेश प्रदेशका स्वास्थ्य सचिवमा नयाँ नियुक्ति

किरात सांस्कृतिक मेला सम्पन्न, साहित्यकार राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ– किरात राई यायोक्खाको सान तिन, कि लुन चुन क्षेत्रमा रहेको