हर्क साम्पाङले भने- गणतन्त्रको पक्षमा छु, कुलमानको कामलाई सय नम्बर दिन्छु « Khabarhub

हर्क साम्पाङले भने- गणतन्त्रको पक्षमा छु, कुलमानको कामलाई सय नम्बर दिन्छु


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले आफू गणतन्त्रको पक्षमा भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न काठमाडौं आएका साम्पाङले सञ्चार कमीसँग कुरा गर्दै यस्तो बताएका हुन् । 

उनले आफू स्वतन्त्र नागरिकको प्रतिनिधि गर्ने जनप्रतिनिधि भएकाले गणतन्त्रको पक्षमा रहेको तर जनताले गइसकेको व्यवस्था ल्याउन चाहे आफूले केही गर्न नसक्ने बताए । 

उनले विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको कार्यसम्पादनलाई १ सय नम्बर दिन तयार भएको पनि बताए । उनले सरकारको बारेमा गरेको प्रश्नमा भने बोल्न चाहेनन् । 

‘म गणतन्त्रको पक्षमा छु । तर जनताले रुचाएर राजसंस्था ल्याए भने त भन्नु केही छैन । म गणतन्त्रको पक्षमा भोट हाल्छु  । तर जनताले यो व्यवस्था भन्दा त्यही ठिक छ भनेर ल्याइदिए भने मेरो भन्नु केही छैन । म जनतासँग लड्न सक्दिन । साम्पाङले पत्रकारसँग भने, ‘म अभियान र आन्दोलनबाट आएको मान्छे हो । म बाङ्गै छु । कुलमानलाई म १ सय अङ्क दिन तयार छु । सरकारको विषयमा बोल्दिन ।’

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  १ : २६ बजे

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

काठममाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु