हजारौँ वर्षअघि लोप भएका ब्वाँसोको पुनर्जन्म, वैज्ञानिकले गरे दुई छाउरा र एक छाउरी उत्पादन « Khabarhub

हजारौँ वर्षअघि लोप भएका ब्वाँसोको पुनर्जन्म, वैज्ञानिकले गरे दुई छाउरा र एक छाउरी उत्पादन


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैज्ञानिकहरुले हजारौँ वर्षअघि लोप भइसकेका ब्वाँसोलाई पुनर्जन्म दिएका छन् । कोलोसल बायोसाइन्सका वैज्ञानिकहरुले आजभन्दा १० हजार वर्षअघि लोप भइसकेको ब्वाँसोको प्रजातिलाई पुनर्जन्म दिएका हुन् ।

वैज्ञानिकहरुले ‘डायर उल्फ’ नाम गरेको ब्वाँसाको यो प्रजातिका तीन छाउराछाउरी उत्पादन गरेका छन् । यीमध्ये रोमुलुस र रेमस नाम गरेका दुई छाउरा ६ महिनाका भए भने खालिसी नाम गरेकी छाउरीको उमेर केबल २ महिनाको छ ।

वैज्ञानिकहरुले प्राचीन डीएनएमा आधारित रहेर डायर उल्फलाई पुनर्जन्म दिएका हुन् । टाइम्सका अनुसार वैज्ञानिकहरुले डायर उल्फको जिनोम अध्ययन गरी खैरो ब्वाँसोको जेनेटिक कोड पुनर्लेखन गरेका थिए । पछि घरपालुवा कुकुरलाई ‘सरोगेट मदर’ का रुपमा प्रयोग गरी वैज्ञानिकहरुले रोमुलुस, रेमस र खालिसीलाई जन्म दिएका हुन् ।

६ महिनाको उमेरमै दुई छाउराको लम्बाइ ४ फिट रहेको टाइम्स म्यागजिनले जनाएको छ । त्यसैगरी, उनीहरुको वजन ८० पाउण्ड अर्थात् ३६ किलो रहेको छ । यी प्रजातिका ब्वाँसा ६ फिट लम्बाइ र १५० पाउण्ड अर्थात् झण्डै ७० किलोसम्म पुग्ने जनाइएको छ ।

यो ब्वाँसो उत्तर अमेरिकामा पाइने कुकुर वर्गका अरु जनावरभन्दा ठूला हुन्छन् । यी प्रजातिका ब्वाँसा प्रायः एक्लै बस्न रुचाउने गरेको टाइम्सले उल्लेख गरेको छ । यी ब्वाँसाहरु आजभन्दा १० हजार वर्षअघिसम्म अमेरिकी महादेशमा पाइन्थ्यो ।

सन् २०२१ मा स्थापना भएको कोलोसल बायोसाइन्सले चाँडै ‘उली म्यामथ’, तास्मानियाली बाघ र डोडोजस्ता जनावरलाई पुनर्जन्म दिने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  १ : २९ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष