लोकतन्त्र स्थापनामा मधेसको भूमिका महत्त्वपूर्ण छ : प्रधानमन्त्री ओली « Khabarhub

लोकतन्त्र स्थापनामा मधेसको भूमिका महत्त्वपूर्ण छ : प्रधानमन्त्री ओली


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशको लोकतान्त्रिक सङ्घर्ष र प्रदेशको राजनीतिक सशक्तीकरणमा भएको योगदानको सराहना गरेका छन् । 

मधेस प्रदेश सभाको चौथो अधिवेशनको २१औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मधेस प्रदेशको ऐतिहासिक भूमिका र योगदानलाई उच्च मूल्याङ्कन गरेका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका लागि यो प्रदेशको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा मधेस प्रदेशले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा खेलेको भूमिकाबारे भने, ‘लामो समयको लडाइँपछि हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौँ । मधेस प्रदेश चेतनामा अग्रणी प्रदेशको रूपमा रहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न मधेसले सबभन्दा बढी महत्त्वपूर्ण भूमिका खेलेको छ । लोकतन्त्रको रक्षामा पनि यो प्रदेश सशक्त रूपमा उभिएको छ ।’

उनले थपे, ‘मधेस प्रदेश संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढताका साथ उभिने विश्वास राख्दछ । यो विश्वास यस प्रदेशका जनताको बलिदान र संघर्षको प्रतीक हो ।’

प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तन र प्राप्त उपलब्धिहरूलाई केवल राजनीतिक उपलब्धिका रूपमा सीमित नगर्न र तिनीहरूलाई जनताको बलिदान, सङ्घर्ष र त्यागको परिणामको रूपमा हेर्नुपर्ने आवश्यकता औँल्याए । उनका अनुसार, ‘जनताको सङ्घर्ष र बलिदानबाट आएका ती उपलब्धिहरू हाम्रो साझा सम्पत्ति हुन् ।’

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली जनताको सेवामा समर्पित हुनुपर्छ । हाम्रो सबै प्रयासहरू देश र जनताको सेवामा समर्पित हुनुपर्छ ।’ राजनीतिक अधिकारहरूको विस्तार गरेर परिपूर्ण लोकतन्त्र निर्माण गर्नु आवश्यक भएकोमा जोड दिँदै उनले यसलाई जनताको जीवनस्तर सुधारको लागि महत्त्वपूर्ण कदम मान्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिक क्षेत्रमा मात्र लोकतन्त्र स्थापित भई यसले गरिबी र अन्य सामाजिक समस्या समाधान गर्न सकेन भने लोकतन्त्रको अर्थ छैन ।’

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  १ : ३८ बजे

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार