रास्वपा सचिवालय बैठक बुधबार बस्दै : पार्टीको आगामी कार्ययोजना तयार पार्ने  « Khabarhub

रास्वपा सचिवालय बैठक बुधबार बस्दै : पार्टीको आगामी कार्ययोजना तयार पार्ने 


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार ४ बजेका लागि सचिवालय बैठक बोलाएको छ । 

आगामी पार्टीको कार्ययोजना तयार पार्नका लागि रास्वपा सचिवालय बैठक बोलाइएको पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) ले बताए । 

अर्यालका अनुसार भोलिको सचिवालय बैठकमा आगामी वैशाखमा हुने महाधिवेशनको विषयमा छलफल हुने छ । यस्तै रास्वपाले गर्ने लागेको ‘जनयात्रा’ को विषयमा पनि छलफल हुने अर्यालको भनाइ छ । 

‘सभापति पुर्पक्षका लागि कारागार चलान हुनुभएको हो । उहाँको मुद्दा फाइनल भएको छैन । भोलि ४ बजे पार्टी सचिवालय बैठक बोलाएका छौँ । त्यसमा पार्टी महाधिवेशन जनयात्रा लगायतका विषयमा छलफल हुन्छ ।’ अर्यालले खबरहबसँग भने, ‘पार्टी आफ्नो गतिमा अगाडि जान्छ । सभापतिले पनि पार्टीको कार्यक्रम र गति रोकिनुहुँदैन भन्नुभएको छ ।’ 

नेताहरूका अनुसार भोलि सचिवालय बैठक बसेर केन्द्रीय समिति बैठक डाक्ने सम्भावना पनि छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  २ : ३६ बजे

फ्लाइङ किस दिएर आफ्नै भाषामा बालेनको भाषण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मधेस पुगेर

मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण

मनाङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

लामो समयपछि सार्वजनिक ठाउँमा हाँसे बालेन

काठमाडौं– सामान्यतया कुनै कार्यक्रम समारोहमा नहाँस्ने राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

गण्डकी र मधेशका स्वास्थ्य सचिवमा नयाँ नियुक्ति, गण्डकीमा डा. बसौला

काठमाडौं– सरकारले गण्डकी र मधेश प्रदेशका स्वास्थ्य सचिवमा नयाँ नियुक्ति

किरात सांस्कृतिक मेला सम्पन्न, साहित्यकार राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ– किरात राई यायोक्खाको सान तिन, कि लुन चुन क्षेत्रमा रहेको