भारतसँगको सम्बन्धबारे ओली- कहाँ बिग्रियो ? सँगै सुतेकाहरूबीच खुट्टा तलमाथि भइरहन्छ « Khabarhub

भारतसँगको सम्बन्धबारे ओली- कहाँ बिग्रियो ? सँगै सुतेकाहरूबीच खुट्टा तलमाथि भइरहन्छ


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतसँग नेपालको सबन्ध नबिग्रिएको दाबी गरेका छन् ।

मधेस प्रदेश सभाको बैठकलाई मंगलबार सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।

‘छिमेकीसँग सबन्ध बिग्रिएको भनेर हल्ला चलाइएको छ, यो सत्य होइन,’ उनले भने, ‘सँगै सुतेकाहरूबीच खुट्टा तलमाथि हुनु स्वाभाविक हो, संवादबाट समस्याको हल गर्ने कोसिस गर्नु पर्छ ।’

ओलीले नेपालका दुई छिमेकीसँगको सम्बन्ध कसैले बिगार्न नसक्ने पनि बताएका छन् । ‘हाम्रा दुई छिमेकीसँग सबन्ध राम्रो छ, यसलाई कसैले बिगार्न सक्दैन’, ओलीले अगाडि भने ।

गत असार ३१ गते प्रधानमन्त्री बनेका ओ‌लीको अझैसम्म भारत भ्रमण हुन नसकेको अवस्थामा सम्बन्ध बिग्रिएको टिप्पणी भइरहेको छ । यही सन्दर्भमा उनले यस्तो बताएका हुन् । भारतले नबोलाएपछि ‌ओली यसअघि मंसिर १७-२० सम्म चीन भ्रमणमा गएका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  २ : ३३ बजे

दक्षिणढोका जंगलमा भोटेकोशी बाढीका बेवारिसे शव व्यवस्थापन (तस्बिरहरू)

काठमाडौं– भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तथा सनाखत हुन नसकेका बेवारिसे

रसुवापछि तातोपानी नाका पनि बन्द : चीनबाट हुने आयात अब मुस्ताङको कोरलाबाट

काठमाडौं– भोटेकोशीमा गत बुधबार आएको बाढीले रसुवा नाका अनिश्चितकालका बन्द

सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सबै सरोकारवालाको अपनत्व हुनेगरि

रास्वपा सभापति लामिछानेलाई भेटेर चिनियाँ राजदूतले भने : उद्धारदेखि पुनर्निर्माणसम्म नेपालको साथमा छौँ, सघाउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका