एउटा गल्ती गर्दैमा लोकतन्त्रमाथि प्रश्न उठाउन पाइँदैन : मुख्यमन्त्री कँडेल « Khabarhub

एउटा गल्ती गर्दैमा लोकतन्त्रमाथि प्रश्न उठाउन पाइँदैन : मुख्यमन्त्री कँडेल


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले एउटा व्यक्तिले गल्ती गर्दैमा लोकतन्त्रमाथि औँला उठाउने नपाइने बताएका छन् ।

नेकपा (एमाले) ले सुर्खेतमा आयोजना गरेको जागरणसभामा बोल्दै मुख्यमन्त्री कँडेलले हामीले काम गर्दा कति ठाउँमा ढङ्ग नपुगेको छ होला । तर, व्यक्ति विशेष गरेका गल्तीलाई लोकतन्त्रमाथि औँला उठाउने काम गर्न नमिल्ने बताएका हुन् । 

उनले तीन तहका सरकार रहेको अवस्थामा केहीले काम गर्दा ढङ्ग नपुगेको कारणले लोकतन्त्रमा माथि प्रश्न उठाउने काम भएको बताए । ‘अहिले केही मानिसहरूले लोकतन्त्रमा प्रश्न गरिरहेका छन्,’ उनले भने,‘लोकतन्त्रबाहेक अरु व्यवस्था सोच्न नै सकिँदैन ।’

एक दुई जना भुइफट्टा भ्रम सिर्जना गरेर जनतालाई भ्रम पार्ने काम भइरहेको उनले बताए । ‘केही मानिसहरू अहिले व्यवस्था बदलियो । अवस्था बदलिएन भन्छन्,’ उनले भने,‘सरकारमा बसेर अवस्था बदलिएको छ । जनताको आस अनुसार काम भएको छैन होला । लोकतन्त्र बलियो बनाउनका लागि हामी लागेका छौँ ।’

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ३ : ०६ बजे

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : ओली

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा

मधेसमा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मधेसमा

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस

मधेस पुगेर रवि-बालेन एकसाथ पलेटी

काठमाडौं– मधेस पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ

माओवादी छाडेका रहबर अन्सारी रास्वपातिर

काठमाडौं – नेकपा माओवादी परित्याग गरेका मधेस प्रदेशका पूर्व सांसद