एउटा गल्ती गर्दैमा लोकतन्त्रमाथि प्रश्न उठाउन पाइँदैन : मुख्यमन्त्री कँडेल « Khabarhub

एउटा गल्ती गर्दैमा लोकतन्त्रमाथि प्रश्न उठाउन पाइँदैन : मुख्यमन्त्री कँडेल


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले एउटा व्यक्तिले गल्ती गर्दैमा लोकतन्त्रमाथि औँला उठाउने नपाइने बताएका छन् ।

नेकपा (एमाले) ले सुर्खेतमा आयोजना गरेको जागरणसभामा बोल्दै मुख्यमन्त्री कँडेलले हामीले काम गर्दा कति ठाउँमा ढङ्ग नपुगेको छ होला । तर, व्यक्ति विशेष गरेका गल्तीलाई लोकतन्त्रमाथि औँला उठाउने काम गर्न नमिल्ने बताएका हुन् । 

उनले तीन तहका सरकार रहेको अवस्थामा केहीले काम गर्दा ढङ्ग नपुगेको कारणले लोकतन्त्रमा माथि प्रश्न उठाउने काम भएको बताए । ‘अहिले केही मानिसहरूले लोकतन्त्रमा प्रश्न गरिरहेका छन्,’ उनले भने,‘लोकतन्त्रबाहेक अरु व्यवस्था सोच्न नै सकिँदैन ।’

एक दुई जना भुइफट्टा भ्रम सिर्जना गरेर जनतालाई भ्रम पार्ने काम भइरहेको उनले बताए । ‘केही मानिसहरू अहिले व्यवस्था बदलियो । अवस्था बदलिएन भन्छन्,’ उनले भने,‘सरकारमा बसेर अवस्था बदलिएको छ । जनताको आस अनुसार काम भएको छैन होला । लोकतन्त्र बलियो बनाउनका लागि हामी लागेका छौँ ।’

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ३ : ०६ बजे

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

काठममाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु